महात्मा गान्धीको चस्मा भयो दुई करोड ५५ लाख भारुमा लिलाम


एजेन्सी, भदौं ६ । 

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपियाँमा लिलाम भएको छ ।

बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी नागरिकले साढे दुई करोड भारु हालेका हुन् ।

इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा गरेको तर ठूलो रकममा बिक्री भएको बताए ।

सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् । सन् १९१० देखि १९३० को अवधिको समय थियो त्यो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: