सरकारले जनताको पीडा सम्बोधन गरेनः सिटौला


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन् । 

झापाको चन्द्रगढीमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दावी गरे । 

“कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन”, उनले भने । 

एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि कांग्रेस लड्दै आएको स्मरण गर्दै नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने जिकिर गरे । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: