बार्सिलोनाले रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने


 काठमाडौं । 

स्पेनिस फुटबल क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने भएको छ ।

बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताए ।

यही हप्ता कोम्यानसँग सम्झौता गरेर जिम्मेवारी सुम्पिने क्लबको तयारी छ । ५७ वर्षीय कोम्यान हाल नेदरल्याण्ड्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक छन् ।

नेदरल्याण्ड्ससँगको सम्झौता तोडेर उनी पुनः व्यावसायीक क्लब प्रशिक्षणमा फर्कन लागेका हुन् । कोम्यानले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाटै व्यवसायिक फुटबल खेलेका थिए ।

उनले इंग्लण्डका साउथह्याम्प्टन र एभर्टन, स्पेनको भ्यालेन्सिया, नेदरल्याण्ड्सको आयाक्स र पि.एस.भी, पोर्चुगलको बेनिफिका लगायतका १० वटा फुटबल क्लबको प्रशिक्षकको भूमिका निभाईसकेका छन् ।

उनको आगमनपछि बार्सिलोनाले टिममा ब्यापक परिवर्तन गर्ने अपेक्षा गरिएको छ । अघिल्लो साता युएफा च्याम्पियन्स लिग फुटबलको खेलमा जर्मनीको बायर्न म्यनिखसँग ८–२ ले हारेपछि बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको हो ।

सेटिएनलाई बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा प्रशिक्षक नियुक्त गरेको थियो । एजेन्सी


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: