स्याङ्जामा दुई हप्तापछि थपिए कोरोना संक्रमित

स्याङ्जा । स्याङजामा करिब दुई हप्तापछि नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले निकालेको पछिल्लो प्रेस बिज्ञप्ती अनुसार स्याङ्जाको आँधीखोला गाँउपालिका वडा नम्वर १ का २८ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।

संक्रमित पुरुष जिल्ला सरकारी वकिलको कार्यालय स्याङजामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत विभिन्न मुद्दाहरु चलाउने काम गर्दै आएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अब कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिनेछ । सरकारी वकिलको कार्यालय जिल्ला प्रशासन कार्यालय स्याङजाको परिसरमा रहेको छ । स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संक्रमित व्यक्ति केही दिनदेखि अस्वस्थ्य भएपछि आफ्नै घरमा बस्दै आएको जानकारी दिए ।

स्याङजामा बुधबारसम्म ३ सय ११ जनामा कोरोना संक्रमण भएकोमा ३ सय ५ जना निको भएका छन्, भने २ जनाको ज्यान गएको छ त्यस्तै जिल्लामा सक्रिय संक्रमित चार जना मात्रै छन् । 

गएको भदौ ४ गते दुई जना सैनिकमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि बुधवार मात्रै नयाँ संक्रमित थपिएका हुन् । शुन्य प्रायः बन्दै गएको कोरोना संक्रमण पुनः कर्मचारीमा देखिएपछि स्थानीय त्रसित हुन थालेका छन् ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: