कित्ताकाटको निर्णय सच्याउन किसान संघको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान संघले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेको छ । किसान संघले बुधबार प्रेस विज्ञप्ति जारी गरेर सरकारसँग जग्गाको कित्ताकाट फुकुवा गर्न माग गरेको हो ।

जग्गाको कित्ताकाट फुकुवा हुनुमा भूमाफियाहरुको चलखेल देखिएको दाबी गर्दै किसान संघका अध्यक्ष भानुभक्त सिग्देलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “किसान र कृषि उत्पादकत्वमा प्रत्यक्ष प्रभाव पार्ने भू(उपयोग नीतिको पूर्ण कार्यान्वयनको प्रत्याभूति नहुँदै हठात् गरिएको यो निर्णय तत्काल फिर्ता लिन नेपाल किसान संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

सरकारले माग सुनुवाइ नगरे कठोर कदम चाल्न बाध्य भइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: