गोंगबु हत्याकी अभियुक्त कल्पनाको बकपत्र

काठमाडौं । टोखा नगरपालिका १० स्वर्गद्वारी गोंगबुमा भएको क्रुर हत्याको अभियोगमा ३७ वर्षीया कल्पना मुडभरी पुर्पक्षका लागि जेल चलान भएकी छिन्। 

४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्यापछि टाउको, खुट्टा छुट्टाएर शरीरलाई तीन टुक्रा पारी फालेको अवस्थामा प्रहरीले साउन २५ गते शव फेला पारको थियो। करिब तीन सय मिटरको अन्तरमा सुटकेशभित्र शरीर र जेब्रा झोलाभित्र खुट्टा र टाउको भएको शव फेला परेको थियो। सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी मुडभरी जेल चलान भएकी हुन्। 

प्रहरीसँगको बयानमा उनले हत्या आफूले गरेको स्वीकार गरेकी छिन्। बोहराको क्रुर हत्या गर्ने योजनासम्म कल्पना किन पुगिन्रु कसरी हत्या गरिन् र शव व्यवस्थापन गरिन् भन्नेसम्मका रहस्य प्रहरीको बयानमा खुलाएकी छिन्।

यस्तो छ कल्पनाको बयान ः

सामाजिक सञ्जालबाट भेट, फेक आइडीले तनाव

मैले सामाजिक सञ्जालमा कल्पना पौडेलको फेसबुक आइडी चलाउँथे। सोही क्रममा चाररपाँच वर्ष अघिदेखि कृष्णबहादुर बोहोरासँग चिनजान भएको थियो। म्यासेन्जरमा कुराकानी गर्ने क्रममा हामीबीच परिचय भयो। सुरुमा बोहोराले आफू साउदी भन्ने मुलुकमा रहेको बताएका थिए।

यकिन मिति त थाहा भएन। पछि नेपाल आएको छु भन्दै गोंगवुस्थित रहेको थकाली होटलमा बिहान अन्दाजी ११ बजेतिर भेटघाट गर्न बोलाएको हुँदा मैले उनलाई त्यहाँ गएर भेँटे। कुरा गर्ने क्रममा मैले मेरो पनि अफगानिस्तानमा हुनुहुन्छ भनेँ। त्यतिखेर होटलमै खाना खाएर करिब साढे १२ बजेतिर म कोठामा फर्किए। त्यसपछि सामाजिक सञ्जाल इमोमार्फत् उनीसँग कुराकानी हुन थाल्यो।

कुराकानी गर्ने क्रममा बोहोराले आफ्नो श्रीमतीले धोका दिएको, आफूले विदेशमा गई कमाएको रकमसमेत श्रीमतीले हिनामिना गरेको भन्ने घरायसी कुरा गर्दै आएका थिए। बोहराले १ वर्ष अगाडिदेखि घर गयो भने बिहे गर भन्छन्, म मेरो बासँग बोल्न दिन्छु भनी बोल्नसमेत दिए, तिमी र म राम्रो साथी बन्नु पर्छ पनि भन्दै आएका थिए। 

कुरा गर्ने क्रममा निजले ुतिमी बिहे गर्दिनौंरु मेरो पनि कोही छैन मसँग बिहे गर्ने होरुु भन्ने गरेका थिए। मैले ‘सरी ल’ र ‘डिठ्ठा साप’ टेलिसिरियलमा अभिनय गरेपश्चात निजले उक्त भिडियो हेरेपछि मेरै सुटिङको फोटो राखी कल्पना शाही भन्ने फेक फेसबुक आइडी बनाई मेरा फोटाहरु अपलोड गर्न थाले। 

बोहोराले मेरो केटी साथीहरुलाई समेत फ्रेण्ड बनाई मेसेज गर्ने गरेका रहेछन्। यो कुरा मैल थाहा पाएर किन यसो गरेको भन्दा मेरो मर्जी हो, आफूखुसी गर्छु भन्दै आएका थिए। करिब ६र७ महिना अगाडि उनले मलाई विभिन्न होटलमा बोलाई पटक–पटक होटलमा भेटघाट गर्ने गरेका थियौं। 

गत साउन १६ गते म बिरामी भई बसुन्धारास्थित चिरायु अस्पतालमा जान भनी बाटोमा हिँड्दै जाँदा उनी स्कुटीमा आई मलाईसमेत स्कुटीमा राखी अस्पताल पुर्‍याएका थिए। त्यसपछि उनले मलाई नराम्रो नजरले हेर्न थाले। जसका कारण उनीदेखि दिन प्रतिदिन मलाई रिस उठ्न थालेको थियो। उनीबाट कसरी छुटकारा लिन सकिन्छ भन्ने सोचाइमा म थिएँ। तर उनी मलाई छाड्दैनथे। यसरी पलपल तड्पिएर बाँच्न मलाई कठिन भएकोे थियो।

बोहोरा मिसन खत्तम भयो भन्दै कराउन थाले, मैले ह्याम्मर अण्डकोषमा हानेँ

२०७२ सालदेखि काठमाडौं, टोखा नगरपालिका १० नवज्योति मार्गस्थित किरणकुमार बस्नेतको घरमा डेरा कोठा लिई छोराछोरी र म बस्दै आएका थियौं। साउन २४ गते दिनको साढे ४ बजे बोहोरा हातमा रुस्लान भोड्का लिएर मेरो कोठामा आए। म त्यसबेला कुखुराको मासु पकाइरहेको थिएँ। छोराछोरी आफ्नै एटेच रुममा बसी गफ गरिरहेका थिए।

बोहोरा कोठामा आइ सोही एटेच बाथरुम भएको कोठामा बसी रुस्लान भोड्का गिलासमा हाली पिउन थाले। चिप्स, काँक्रो पनि उनैले साथमा ल्याएका थिए। मैले मासु चिउरा बोहोरालाई समेत खान दिई छोराछोरीलाई पनि दिएँ।

त्यसपछि भने बोहोराले जथाभावी बोल्न थाले। अपशब्द बोल्न थालेपछि मेरो छोरा टिभी भएको कोठामा गएर खाना खान थाल्यो। म पनि किचनतिर गएँ। मैले भाडा माझ्दै गर्दा कृष्णबहादुरलाई मेरो छोरीले यति रातिसम्म किन कोठामा बसेको भन्दै गाली गरिन्। मैले छोरीलाई अर्को कोठामा टिभी हेरेर बस्नु भनेर पठाइदिए।

 बोहोरालाई मैले केही रकम तिर्नसमेत बाँकी थियो। म किचन कोठामा गई सोचविचार गरी उनलाई ठीक पार्नुपर्छ मौका यही हो भन्ने सोचेँ। किचनमा भएको दही कचौरामा राखी त्यसमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर बोहोरालाई दिए। मैले दिएको सबै दही बोहोराले खाए। त्यसको एक घण्टापछि भुइँमा उत्तानो परेर ढले। उनी मेरो मिशन खत्तम भयो भन्दै कराउन थाले।

मैले किचन कोठामा राखेको ह्याम्मर हातमा लिई उनी सुतेको एटेच कोठामा आई कपडा बाहिरबाट बोहोराको अण्डकोष, लिङ्गमा ४र५ पटक प्रहार गरें। त्यसपछि उनी चल्न चल्मलाउन छाडे।

३र४ मिनेटपछि मैले प्रयोग गर्ने मेरो बेडमा भएको कालो रंगको सलले उनको घाँटीमा बेसरी कसी अठ्याएँ। अब यो मर्‍यो खत्तम भयो भन्ने विश्वास भएपछि मैले उनको दुबै हातको कुममा समाई घिसार्दै सँगै कोठामा रहेको एटेच ट्वाइलेट बाथरुममा तानी आधा जति शरीर बाथरुमभित्र छिराएँ। 

शरीरको आधा भाग कोठामै रहेको गलैंचा माथी मेट्रेसमा राखी म किचनमा गई मासु काट्ने फलामको धारिलो हतियार दाउ लिएर आई उनको घाँटी रेटी टाउको शरीरबाट छुट्याएँ। 

शरीरलाई बाथरुमभित्र लगी कोठामा रहेको सुटकेस ल्याई हाल्न खोज्दा अटेन। त्यसपछि दुवै खुट्टाको घुँडाभन्दामाथि सम्मको भाग दाउले काटेर शरीरबाट छुट्याएँ।  

टाउको, दुई वटा खुट्टा र बीच शरीरसमेत गरी चार टुक्रा बनाएँ। कोठामा रहेको बि क्लाउड लेखिएको जेब्रा झोलामा टाउको र दुवै खुट्टा प्लाष्टिकमा हाली राखें। टाउको र खुट्टा नभएको शरीरको बीच भागलाई पोलो ग्लोबल लेखिएको सुटकेसभित्र राखी चेन लगाई प्याक गरेँ। एटेच ट्वाईलेट बाथरुममा लागेको रगतलाई पानी हाली राम्ररी सफा गरें। धारिलो हतियार दाउ, कार्पेट, म्याट्रेसमा लागेका रगत पानीले सफा गरें। 

रुस्लान भोड्का पिएर शव व्यवस्थापन, अनि चाहियो छोरीको सहयोग

अन्दाजी राति १० बजे टाउको र खुट्टासहितको जेब्रा झोला लिई टोखा नगरपालिका १० नवज्योति मार्गमा रहेको खाली जमिनमा लगी फ्याँकी कोठामा फिर्ता आएँ। 

कोठामा आई केही छिन बसी बाँकी रहेको रुस्लान भोड्का गिलासमा हाली पिएँ। राति अन्दाजी पौने ३ बजेतिर मैले बाथरुममा सुटकेसमा प्याक गरी राखेको टाउको र खुट्टा बिनाको लाश उठाउन खोज्दा सकिनँ। त्यसपछि मैले मेरो छोरीलाई सुटकेश धकेल्न लगाए। लगेजलाई बोराको नाम्लो प्रयोग गरी मैले बोकेँ।

बाहिर पानी परेकाले मैले छोरीलाई छाता ओढाउन लगाएँ। उक्त सुटकेश पश्चिमतर्फको सडक किनारामा फालेर हामी आमाछोरी कोठामा आयौं। छोरी सुति।

मैले हत्या गर्दा प्रयोग गरेको बुट्टे कुर्ता र कालो सुरुवाल खोली कपडा सफा गरी नुवाईधुवाई गरी बसें। मैले फलामको धारिलो हतियार दाउ, ह्यामर, कपडाको सल प्रयोग गरी बोहोरालाई मेरो कर्तव्यबाट विभत्स तरिकाले टुक्रा टुक्रा पारी हत्या गरेको हो। 

मैले अब भाग्नु पर्छ भनी रातको अन्दाजी साढे १० बजेतिर मैले चिने जानेको एम्वुलेन्स चालकलाई फोन गरें। मैले तुरुन्त फर्किई आउनु, मलाई चितवन जानु छ भनी बोलाउँदा एम्बुलेन्स चालकले आउन सम्भव छैन भनी जवाफ दिए। भोलिपल्ट एम्बुलेन्स चालकलाई मेरो डेरा कोठा अगाडि  बोलाई बेलुकाको अन्दाजी साढे ७ बजेतिर म, छोरी र छोरासहित चितवन माइती घरतर्फ गएको हो। माईती घरमा बसी रहेको अवस्थामा मिति साउन २६ गते बेलुकाको समयमा प्रहरीले म समेतलाई पक्राउ गरेको हो। 


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: