चाडपर्व लक्षित गरेर व्यापारीले भित्र्याए ४७ हजार टन चिनी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा ४७ हजार टन चिनी आयात भएको छ । व्यापारीले भारत र अस्ट्रेलियाबाट गरी सो परिमाणको चिनी आयात गरेका हुन् ।

भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा व्यापारीले चाडपर्वका लागि पर्याप्त चिनी आयात गरेका हुन् । आपूर्ति मन्त्रालयका अनुसार चाडपर्वमा ३० हजार टन चिनी आवश्यक पर्छ ।

दुई महिनामा २ अर्ब २९ करोड ४० लाख रुपैयाँबराबरको ४६ हजार ९ सय ४२ टन चिनी आयात भएको छ । जसबाट सरकारले १ अर्ब ३१ करोड रुपैयाँ आयात राजस्व उठाएको छ ।

यता, सरकारी चिनी पनि आयातको क्रममा छ । साल्ट ट्रेडिङ कर्पोरेसनले आयातका लागि भारतीय कम्पनीलाई ठेक्का दिइसकेको छ । सरकारले आधा भन्सार छुटमा चिनी आयात गर्न लागेको हो । सरकारी चिनी आयात भएपछि बजारमा मूल्य सन्तुलन हुने बताइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: