दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति किम जोङ उनले माफी मागे

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन् ।

नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ(इनलाई पत्र पठाउँदै नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेको क्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एक ४७ वर्षीय दक्षिण कोरियाली अधिकारीलाई उत्तर कोरियाली सेनाले गोली हानी हत्या गरेपछि तेल खन्याएर आगो लगाएको सिओलले जनाएको छ । 

दशकौंपछि उत्तर कोरियामा एक दक्षिण कोरयियाली अधिकारी मारिएपछि आफ्ना नागरिक मारिएको विरोधमा दक्षिण कोरियामा चर्को आक्रोश बढेको हो । 

किम जोङ उनले राष्ट्रपतिलाई पत्र लेख्दै भनेका छन्, नहुनु पर्ने घटना भएको म माफि माग्‍न चाहन्छु । यस घटनाप्रति उत्तर कोरियाको पहिलो औपचारिक टिप्पणी हो । उत्तर कोरियाले उक्त घटनाको अनुसन्धानको नतिजाबारे पनि जानकारी गराएको छ । 

ती व्यक्तिलाई १० पटक गोली हानिएपछि उनी उत्तर कोरियाली पानीमा खसेका थिए । त्यसपछि उनको पहिचान खुल्‍न नसकेपछि उत्तर कोरियाली सेनाहरु भागेका थिए, दक्षिण कोरियाली राष्ट्रिय सुरक्षाका निर्देशक सुह हुनले भने ।  बीबीसी


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: