भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

 



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् ।

प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

कम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

कल्याणी अधिकारीको गजल ” यो नजरले” सार्वजनिक

कल्याणी अधिकारीको गजल ” यो नजरले” सार्वजनिक


नेपाली गित संगीतको बजारमा प्रतिभाशालि नव गजलकार/ गितकार कल्याणी अधिकारीको नयाँ गजल यो नजरले सार्वजनिक भएको छ । अधिबक्ताको रुपमा स्थापित अधिकारीको गजलकारको रुपमा गित संगीतको बजारमा आगमन भएको हो । कल्याणी अधिकारीका शब्दमा थानेश्वर गौतमको संगीत रहेको उक्त गजलमा थानेश्वर गौतमको स्वर रहेको छ । मौसम हिमालीको निर्देशनमा निर्माण गरिएको भिडियोमा दीप सागर,रचना, अस्मि र बिष्णु लगायतका कलाकारको उत्कृष्ट अभिनय रहेको छ । अधुरो प्रेम कहानि समेटिएको गजललाई सफलताको शुभकामना सहित हेरौ भिडियो ।

पूरा भिडियाे हेर्नका लागि तलकाे link मा click गर्नुस् है!
राष्ट्रपतिले उठाएका विषय महत्त्वपूर्ण छन् : गगन थापा

राष्ट्रपतिले उठाएका विषय महत्त्वपूर्ण छन् : गगन थापा

 


नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन् । 

उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे । उनले अहिलेको विधेयकले कतिपय आवश्यकतालाई नछुने पनि बताए । उनले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताए ।  

सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताए । सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताए । प्रतिनिधिसभाले नागरिकता विधेयक पुनः पारित गरेको छ।

पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता (पूर्णपाठसहित)

पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता (पूर्णपाठसहित)

 


पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी भएको छ । लगानीको बोर्डको ५२ औं बैठकको निर्णयानुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्यु्त परियोजना तथा ४०० मेगावाटको सेती नदी–६ परियोजनाको विस्तृत परियोजना अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमति पत्र जारी गर्न आयोजित कार्यक्रममा सो श्वेतपत्र पनि जारी गरिएको हो ।  राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीको सहभागिता थियो । प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत परियोजनाको कुल लागत लगभग १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ । यस्तै ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर रहेको छ ।

पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत परियोजना विकास गर्ने सम्बन्धमा अध्ययन गर्न गठित अध्ययन समितिको प्रतिवेदन तथा बोर्डको बैठकको निर्णयको आधारमा उक्त परियोजनाहरू कार्यान्वयन गर्न सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा २९ को उपदफा (२) बमोजिम स्वीकृत गरिएको थियो । सोहीअनुसार सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग समझदारीपत्रमा बिहीबार हस्ताक्षर पनि भएको छ । पश्चिम सेती निर्माणका लागि लगानीको बोर्डले भारत कम्पनी एनएचपीसी इन्टरप्राइजेज लिमिटेडसँग सम्झौता भएको हो ।  

समझदारीपत्रमा रहेका विशेषता

– समझदारीपत्र अनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।
– सर्वेक्षण अनुमति पाएको दुई वर्ष भित्र देहायका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ ।
क. परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष
ख. परियोजनाको अप्टिमाइजेशन सम्बन्धमा
ग. परियोजनालाई जलाशय वा अर्धजलाशय वा संयुक्त रुपमा वा छुट्टाछुट्टै निर्माण गर्ने
घ. परियोजनाको अनुमानित लागत अनुमान
ब. अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना
च. बजार सुनिश्चितता
छ. प्रसारणलाइन सम्बन्धमा
ज. वित्तीय स्रोतको उपलब्धता
झ. परियोजना कार्यान्वयनको तरिका
परियोजना विकास सम्झौताको निम्ति दुई पक्षबीच वार्ता हुने तथा लगानी बोर्डको कार्यालयले आवश्यक सहजीकरण गर्ने सहमतिपत्रमा उल्लेख छ।


कक्षा १२ को प्राप्ताङ्क इन्ट्री गरिँदै

कक्षा १२ को प्राप्ताङ्क इन्ट्री गरिँदै

  


राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकिएको जनाएको छ ।

गत जेठमा सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क चढाउने काम भइरहेको र यो काम भदौको दोस्रो हप्ता सक्ने कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनले भने ‘अहिले इन्ट्रीको काम भइरहेको छ । दोस्रो हप्ता सकिन्छ । नतिजा सार्वजनिक हुने समय भन्न अहिले अलि हतार हुन्छ ।’ नतिजा प्रकाशन यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार हुनेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ ।

तोकिएको अङ्क भन्दा कम ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ । परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख भन्दा बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।


आज पनि धेरै ठाउँमा पानी पर्ने, पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम

आज पनि धेरै ठाउँमा पानी पर्ने, पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम



 आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ ।

मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र जमिनले सोस्नु पर्ने जति पानी सोसिसकेकाले अबको वर्षाले बाढी पहिरोको जोखिम बढाउने मौसमविद् सापकोटाले बताउनुभयो ।

भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ । नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ । अहिले प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ । अन्य प्रदेशमा भने मनसुन सक्रिय भइसकेको छैन । नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।

मध्य तथा पश्चिमी क्षेत्रमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव परेको छ । 

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध


 

 जिल्ला समन्वय समिति (जिसस) धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएकी छन् ।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन् ।

जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो ।

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या


  

भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।

उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे ।

प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

हत्यापछि उनले दुई दिनसम्म आमाको शव घरकै कोठामा बन्द गरेर राखेका थिए । आमाको हत्या गर्दा उनकी बहिनी पनि सँगै थिइन् । तर उनले बहिनीलाई यो कुरा कसैलाई नभन्न धम्क्याउने गरेको र गन्ध हटाउन रुम फ्रेसनर स्प्रे प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

मंगलबार भने ती किशोर आफैंले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएको समाचारमा उल्लेख छ । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।

सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्टि्रसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

भारत सरकारले दुई वर्ष अघि चीनमा निर्मित ११८ मोबाइल एप्सलाई बन्द गराएको थियो । त्यसमा पब्जी पनि एक हो । पब्जीको पूरा नाम ‘प्लेअर अन्नोन ब्याटल ग्राउण्ड’ हो । यो गेम इन्टरनेटमार्फत् इन्ड्रोइड फोनमा चल्छ ।

भारतमा यो खेलको मोबाइल एप्स प्रतिबन्धित भए पनि डेस्कटप भर्जन उपलब्ध थियो । साथै यो खेल खेल्नेहरुले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्ने गरेको पाइएको छ ।

मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति

मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति


  सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ ।

सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ । तर अन्य स्थानमा क्षति भएको विवरण भने नआएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

गत वर्ष जेठ मसान्तमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो । फेरि बर्खायाम सुरु भएपछि स्थानीय त्रसित छन् ।

एमसीसीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

एमसीसीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

 


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेको छ ।

विप्लव नेतृत्वको नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको भन्दै राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको बताएको छ ।

सङ्खुवासभामा हत्या गरिएका ६ जनाकै शव परीक्षण गर्न धरान लगियो

सङ्खुवासभामा हत्या गरिएका ६ जनाकै शव परीक्षण गर्न धरान लगियो

 


सङ्खुवासभामा हत्या गरिएका एउटै परिवारका ६ जनाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या भएको थियो । ५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली पनि घटनास्थलमै छ।

हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिए । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पपुवा न्यूगिनीमाथि नेपालको जित

पपुवा न्यूगिनीमाथि नेपालको जित


  रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ ।

मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

माधव नेपाल र महन्थ ठाकुरको पार्टी सनाखत गर्न आयोगले तोक्यो साढे दुई घन्टा समय

माधव नेपाल र महन्थ ठाकुरको पार्टी सनाखत गर्न आयोगले तोक्यो साढे दुई घन्टा समय

 


निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न बुधबारका लागि बोलाएको छ। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई खनाखतका लागि आयोगले समय दिएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखत गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने बताए। सरकारले अध्यादेश ल्याएपछि एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए भने आयोगले नै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो।

आयोगमा कोही उपस्थित सकेन र पत्रमार्फत् सनाखतका लागि आग्रह आएमा के गर्ने भन्ने आयोगले पछि निर्णय गर्ने उनले बताए।

भिडभाड गरेको भन्दै माधव नेपालहरू बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनको स्पष्टीकरण

भिडभाड गरेको भन्दै माधव नेपालहरू बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनको स्पष्टीकरण


 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ। निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक बसेको छ। बुधबारसम्म उक्त बैठक बस्नेछ।



अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्य गरेर करिब १०० जना नेताहरू चन्दागिरि हिल्स रिसोर्टमा बसेका छन्।

‘रिसोर्टमा भिडभाड भयो भन्ने गुनासो आएको छ, के भएको हो भनेर सोधिएको हो,’ प्रजिअ पराजुलीले सेतोपाटीसँग भने।

उनले रिसोर्ट प्रशासनलाई फोन गरेर निषेधाज्ञाका बेला भिडभाड भएकोबारे सोधेका थिए।

काठमाडौं प्रशासनले कोरोना संक्रमण जारी नै रहेको भन्दै निषेधाज्ञा लागु गरिरहेको छ। काठमाडौं प्रशासनकै एक अधिकारीले भने खोप लगाएको कार्डको आधारमा केही मानिस भेला हुन दिन सकिन्छ भन्ने स्वास्थ्यकर्मीहरूबाट सल्लाह तथा सुझावहरू आइरहे पनि प्रशासनले यो नियम भने लागु गरिसकेको छैन।

युभेन्टस छाड्ने खबरबारे मौनता तोडे रोनाल्डोले

युभेन्टस छाड्ने खबरबारे मौनता तोडे रोनाल्डोले



 क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति आपत्ति जनाएका छन् । यद्यपि, सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले न त युभेन्टसमा आफ्नो भविष्यप्रति प्रतिबद्धता जाहेर गरेका छैनन् न त क्लब छाडेर जाने सम्भावनालाई नकारेका नै छन् ।

रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जाने चर्चा बीच ३६ वर्षीय खेलाडीले आफू ‘काममा केन्द्रित’ रहेको मात्र बताएका छन् । पोर्चुगलका कप्तानले ती हल्लाले आफूलाई एक मानिस र खेलाडीको रूपमा अपमान गरेको जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘थोरै गफ र धेरै काम, करियरको शुरुवातदेखि नै मेरो यो मेरो सिद्धान्त रहँदै आएको छ । तर पछिल्लो समय मेरो बारेमा जे जति लेखिएका छन्, मैले मेरो कुरा स्पष्ट पार्नुपर्छ । मिडियामा मेरो भविष्यबारे तुच्छरुपमा जे लेखिएका छन्, त्यो हल्लाले त्यहाँ उल्लेख गरिएका क्लब, खेलाडी र स्टाफको अपमान गरेको छ ।’

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता


 

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’ उनले भने । मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।
 

कांग्रेस नेता धनराज गुरुङलाई मातृशोक

कांग्रेस नेता धनराज गुरुङलाई मातृशोक


 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य  धनराज गुरुङलाई मातृ शोक परेको छ । नेता गुरुङकी आमाको ९२ वर्षको उमेरमा निधन भएको हो ।

नेता गुरुङले सामाजिक संजाल फेसबुकमार्फत मंगलबार आमाको निधन भएको जानकारी दिएका हुन् । उनले भावपूर्वक लेखेका छन्, ‘आमा ! मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो । मेरो दुःखमा हजुरको आँखा रसाउने गर्थे। पञ्चायती शासनका विरुद्ध लड्दा हजुरले मलाई ‘तिमी राजाको विरोधी भएका छौ रे ! मारी देला ! जोगिएर हिंड ! भन्नुहुन्थ्यो । ९२ वर्षको उमेरसम्म असीम माया र आशिर्वाद दिइरहनु भयो। तर आज स्तब्ध पारेर जानुभयो। आमा !!’

स्वर्गीय गुरुङको केही समयदेखि फोक्सोमा समस्या थियो । उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा आज निधन भएको हो ।

उहाँका ४ छोरा तथा १ छोरी मध्ये छोरीको यस अघि नै निधन भइसकेको छ । स्वर्गीय गुरुङको गुरुङको दाहसंस्कार बौद्ध परम्परा अनुसार अर्जुनचौपारी २, लामडाँडामा भोलि मिति २०७८ भाद्र २ गते दिनको १ बजे अन्तिम संस्कार गरिने नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले जानकारी दिएका छन् ।

स्थायी घर स्याङजाको अर्जुनचौपारी गाँउपालिका वाड नं २ मा हो ।

बैंकको दुई करोड ठगेर पोर्चुगल भागेका केदारको गोजीमा ५०० भारु !

बैंकको दुई करोड ठगेर पोर्चुगल भागेका केदारको गोजीमा ५०० भारु !



 नेपालमा वित्तीय अपराध र सरकारी कागजात किर्ते गरेर चार वर्षदेखि फरार काभ्रेका केदारप्रसाद ढुङ्गाना साउन ३० गते पोर्चुगलबाट नेपाल आइपुगे । ढुङ्गाना आफंै नेपाल आएको नभई सीआईबीको मुद्दामा फरार रहेका उनलाई इन्टरपोल प्रहरीले पोर्चुगलदेखि नेपाल ल्याएको हो । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका १ का ढुङ्गाना तत्कालीन एनडीइपी तथा हालको देव विकास बैंकको ठगी प्रकरणका अभियुक्त हुन् भने सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।

नक्कली कागजात खडा गरेर ढुङ्गानाले तत्कालीन एनडीइपी तथा हालको देव विकास बैंकबाट २ करोड ७१ लाख रुपैयाँ ठगी गरेका थिए । सो मुद्दा भने अहिले पनि उच्च अदालत पाटनको वाणिज्य इजलासमा विचाराधीन अवस्थामा छ ।

साउन ३० गते नेपाल प्रहरीको इन्टरपोल शाखाले ढुङ्गानालाई नेपाल ल्याएलगत्तै सीआईबीलाई बुझाएको थियो । त्यसलगत्तै साउन ३१ गते सीआईबीले ढुङ्गानालाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यन्वयनका लागि पेश गर्यो । जिल्ला अदालत ललितपुरले १० वर्ष अर्थात् २०८८ साउन ३० गतेसम्म कैद सजाय भुक्तान गर्न र ७ लाख रुपैयाँ जरिवाना भराएको प्रमाण पेश गर्न कारागार कार्यालय नख्खुलाई पत्र लेख्यो ।

यदि ७ लाख रुपैयाँ जरिवाना नभरेको अवस्थामा २०९४ साल पुस २४ गतेसम्म थुनामै राख्न कारागार कार्यालय नख्खुलाई पत्राचार भएको छ । अहिले ढुङ्गानालाई नख्खु कारागारमा पठाइएको छ ।

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै


 

२ भदौ, बुटवल । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

प्रमुख सचेतक ढकालले सांसद अजय शाही र विमला खत्रीलाई सभामुखले पदमुक्त नगरेसम्म सहमति नहुने बताए । ‘मुख्यमन्त्रीले बोलाउनुभएको छ, बैठकमा जान्छौं,’ ढकालले भने, ‘तर हाम्रो दलका दुईजना माननीयलाई कारबाही नगर्दासम्म सदन चल्न दिन्नौं, हाम्रो बटमलइन यही हो ।’

यसअघि हिजो प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक विपक्षी एमालेको अवरोधका कारण शुुरु भएको ६ मिनेटमै स्थगित भएको थियो । आज दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले दुई सांसदलाई कारबाही गर्न एमालेले बुझाएको पत्रबारे अध्ययन र कानुनी परामर्श भइरहेको बताए ।

नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र  रोजेकी विमला एमाले दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित एमाले नेता उत्तर कुमार वलीको निधनपछि सोही ठाउँबाट निर्वाचित भएकी थिइन् ।

विमलालाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोपसमेत लागेको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको हृवीप नलाग्ने दाबी गर्दै आएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ताबाट विपक्षमा जाने वित्तिकै एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताए ।

ओलीले ल्याएको अध्यादेशको विरोध गर्नेलाई अहिलेको अध्यादेश समर्थन गर्ने हक छैन : गगन थापा

ओलीले ल्याएको अध्यादेशको विरोध गर्नेलाई अहिलेको अध्यादेश समर्थन गर्ने हक छैन : गगन थापा


 २ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने भए केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने उनको भनाइ छ । सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

उनी थप लेख्छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

साथै उनले ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेहरुलाई अहिले अध्यादेशको विरोध गर्ने हक नभएको पनि बताएका छन् ।

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन÷हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले समाजवादी

माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले समाजवादी

 


२ भदौ, काठमाडौं । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ ।

राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’

नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’

नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल नै भएको छैन ।

 ओली अधिनायकबादका नाईके ः गुरुङ्

ओली अधिनायकबादका नाईके ः गुरुङ्

स्याङ्जा, पुस २४। काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलि अधिनायकबादका नाईके भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले बताएका छन् । ओलीले जनमतलाई अपमान गरेर अधिनायकबाद बन्नका लागि संसद विघटन गरेर असबैधानिक कदम चालेको गुरुङ्ले बताए ।

प्रधानमन्त्री पद जाने भयो भन्दै आन्तरिक कलहका कारण संसद विघटन गर्ने ओलि राणा राजा भन्दा पनि अधिनायक बन्न खोजेको बताउँदै स्याङ्जाको आँधीखोला गाउँपालिकामा काँग्रेसद्धारा आयोजित कार्यक्रम सम्बोधन गर्दै नेता गुरुङ्ले भने, “संसद विघटन गरेर ओलिले जनमतको अपमान सहित राष्ट्रघाती काम गरेका छन् ।” ओलिको यो असबैधानिक कदमलाई ईतिहासले धिकार्ने गुरुङ्को दाबी थियो ।

“नेपालका कम्यूनिष्टहरु जनतालाई नौला–नौला नारामा भुलाएर चुस्ने काम गरेका छन् ।” केन्द्रिय सदस्य गुरुङ्ले भने, “भोट माग्ने बेला चर्का नारा दिने तर सरकारमा पुगेपछि भ्रटचारमा लिप्त हुने यो कम्यूनिष्टको चरित्र हो ।” सर्वहारालाई धनि बनाउछु भन्ने कम्यूनिष्टहरु सर्वहारालाई धनि होईन की धनिलाई सर्वहारा बनाउने काममा माहिर भएको उनको भनाई थियो । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य भुमिबहादुर गुरुङ् ‘विश्व’ ले पद र पैसा नपाएर दुई समूहमा विभाजन भएको नेकपा नेताहरु जनता भुलाउन आरोप प्रत्यारोपमा मात्रै लागेको बताए । जनतालाई सुविधा दिन सत्तामा पुगेको नेकपा भ्रष्टचार र पदमा भुलेको गुरुङ्ले बताए ।

सभालाई सम्बोधन गर्दै स्याङ्जा काँग्रेसका कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’ ले संसद विघटन गरेर असबैधानिक कदम चाल्ने ओलि र सडकमा ओईलो गर्ने प्रचण्ड–माधव समूह अनुहार फरक भएपनि चरित्र उस्तै भएको जिकिर गरे । नेकपाको दुई समूहमा रहेका नेताहरु अनुहार मात्रै फरक हो काम गर्नमा चरित्र उस्तै छ, जनता अबपनि भ्रममा नपरे हुन्छ सभापति रानाले आग्रह गरे ।  

काँग्रेसका युवा नेता तथा संविधानसभा सदस्य राजु थापाले काँग्रेसका नेतृत्वमा संविधान बनाएर निर्वाचन गरेर झण्डै दुईतिहाई मत पाएको नेकपालाई सत्ता “बाँदरको हातमा नरिवल” भएको बताए । राष्ट्रलाई अप्ठ्यारो र निकास दिन पर्दा काम लाग्ने एक मात्र पार्टी काँग्रेस नै रहेको थापाले बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरतप्रसाद लम्साल, स्याङ्जा काँग्रेसका प्रबक्ता ईन्द्रबहादुर गोदार, काँग्रेस महाधिबेशन प्रतिनिधि प्रेमराज पौडेल, लेखमाया पौडेल, काँग्रेस स्याङ्जाका जिल्ला सदस्य पृथ्वीप्रसाद पोख्रेल, महिला नेतृ मञ्जु पनेरु, प्रध्यापक डा. यामबहादुर पौडेल क्षेत्री, काँग्रेस पुरना नेता प्रजातन्त्र सेनानी टिकारा ढकाल, बेदप्रसाद पनेरु, ट्रेड युनियनका नेता दीर्धनारायण शर्मा लगाएतका वक्ताले कम्यूनिष्टहरुले देशलाई बर्बाद गरेको बताएका थिए ।

आँधीखोला गाउँपालिका नेपाली काँग्रेस सभापति नारायणप्रसाद पौडेल ‘सास्त्री’ को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन काँग्रेसका नेता नविन ढकाल र कलाधर पौडेलले संचालन गरेका थिए भने स्वागत नरबहादुर जि.टी.ले र कार्यक्रमको समन्वय काँग्रेसका स्थानीय नेताहरु बद्री पौडेल क्षेत्री र विषणु पौडेल क्षेत्रीले गरेका थिए । 

नेकपा छाडेर सयबढि काँग्रेस प्रबेश 

नेकपा नेतृत्वले दम्बि शैलीमा राष्ट्रलाई आघात पु¥याएपछि देशभर नेकपा छोडेर काँग्रेस प्रबेश गर्ने क्रम बढ्दै गएको छ । नेकपा छोडेर शुक्रबार मात्रै स्याङ्जाको आँधीखोला गाउँपालिकामा हेमन्तराज न्यौपानेको नेतृत्व एक सय बढि नेता तथा कार्यकर्ता काँग्रेस प्रबेश गरेका छन् ।

स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा आँधीखोला गाउँपालिका नेकपाको बाहुल्यता रहेपनि पछिल्लो समय नेकपा छाडेर काँग्रेस प्रबेश गर्ने लहरनै चलेको छ । न्यौपाने सहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रबेश गरेपछि आँधीखोलामा राजनीतिक रुपमा नेकपालाई ठूलै झडका लागेको छ ।

देश बनाउँछौं भन्ने कम्यूनिष्टको भ्रम रहेछ ः तिवारी

आँधीखोला गाँपालिकाका नेकपाका पुराना नेता तथा बौद्धिक व्यक्तित्व हेमराज तिवारीले काँग्रेस प्रबेश गर्दै नेपालका कम्यूनिष्टहरुले देश बनाउँछु भनेर जनतामा भ्रम सृजना गरेको दाबी गरे । देश बनाउँछौ भनेर जनमत लिएका कम्यूनिष्टले देशलाई भड्खालोमा हालेको न्यौपानेले बताए ।

चाहेर नचाहेर देशलाई निकास र विकास दिने पार्टी नेपाली काँग्रेस रहेको जिकिर गर्दै नेता न्यौपानेले आफूले काँग्रेस चिन्न ढिलो गरेकोमा पछुतो माने । म आग्रह गर्छु, “अब पनि कम्यूनिष्टको भ्रममा परेर विश्वास गर्नु आफैले आफैलाई धोका दिनु जस्तै हो ।”

“नेपालका कम्यूनिष्टहरुले देशलाई होईन आफूलाई चाहि धनि बनाउँछन् ।” न्यौपानेले भने, “दुईतिहाई नजिकको मतको ओलि नेतृत्वको सरकार देश बनाउन होईन नेताहरुलाई महलमा बस्न र करोडौका गाडीमा गुडाउन मात्रै केन्द्रित भए ।” ओलि सरकारको असबैधानिक कदम अलोकतान्त्रिक र अधिनायकबाद रहेको न्यौपानेले बताए ।   







अब दुई दिनमै सेयर कारोबारको राफसाफ

अब दुई दिनमै सेयर कारोबारको राफसाफ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ दिन मै सेयर कारोबारको राफसाफ चक्र पूरा हुनेगरी सिडिएस एन्ड क्लियरिङको विनियम स्वीकृत गरेको छ । 

नेपाल धितोपत्र बोर्ड धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस थ्रिबाट टी प्लस टुमा गर्नेगरी सिडिएस एन्ड क्लियरीङको विनियम स्वीकृत गरेको जनाएको छ । 

“धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टु मा गर्ने बोर्डको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा रहेको र सो कार्यान्वयनमा ल्याउन सिडिएस एण्ड क्लियरिङले आफ्नो विनियममा भएको हालको टी प्लस थ्रि लाई टी प्लस टु मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो । सोही बमोजिम बोर्डले धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टु मा गर्ने गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको छ,” बोर्ड एक सूचना जारी गर्दै भनेको छ । 

बोर्डले स्वीकृत गरेको उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ्ग लि।ले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा जनाएको छ । 

“धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिइ टी प्लस टु कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा छ,” नेपाल धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो छोरी, बुहारी र सम्धीको पार्टी होइन, दस सिट ल्याएर देखाउनुस् ःओली

यो छोरी, बुहारी र सम्धीको पार्टी होइन, दस सिट ल्याएर देखाउनुस् ःओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए । उनले प्रचण्डलाई कटाक्ष गरेका थिए ।

उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको बताए ।

उनले ५० वर्षअघि देखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको बताए । प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’जस्तै सरकारले काम थालेको देख्न नसकेको टिप्पणी गरेका हुन् ।

नेकपाले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक र विरोधपत्र

नेकपाले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक र विरोधपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक र विरोध पत्र पठाएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले संसद् विघटनविरुद्ध विरोधपत्र र संविधान पठाएको हो ।

नेकपा काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्माले प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको जनाकारी दिए ।

नेकपाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज सबै जिल्लामा संविधान र विरोधपत्र पठाएर राष्ट्रका नाममा क्षमायाचना गरी संसद् विघटनको कदम सच्याउन आग्रह गर्दै छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प सत्ता हस्तान्तरणका लागि तयार

अमेरिकी राष्ट्रपति ट्रम्प सत्ता हस्तान्तरणका लागि तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले एक भिडियो सन्देशमार्फत यस्तो जानकारी गराएको बीबीसीले जनाएको छ ।

उनले व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन् ।

अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङमा हिंसा भएको २४ घण्टापछि उनको धारणा आएको हो ।

उनले भनेका छन्, “मैले अमेरिकी संसद् (क्यापिटल बिल्डिङ)मा भएको हिंसाबाट सुरु गर्न चाहन्छु । बाँकी अमेरिकीजस्तै म पनि उक्त हिंसाबाट उत्पन्न परिस्थितिप्रति दुखी छु । त्यहाँको सुरक्षा व्यवस्था शान्त पार्नका लागि मैले तत्कालै सुरक्षा फोर्स तैनाथ गर्न निर्देशन दिएको थिएँ ।”

ट्रम्पले हिंसामा संलग्नहरु आफ्नो देशका नागरिक हुनै नसक्ने बताउँदै जसले कानुन तोडेका छन् उनीहरु कारबाहीको भागिदार हुनुपर्ने बताए । ट्रम्पले व्यवस्थित सत्ता हस्तान्तरणको लागि तयार रहेको बताएका छन् ।

त्रिभुवन विमानस्थलमा जैविक इन्धनबाट चल्ने र्‍याम्प बस हट्ने

त्रिभुवन विमानस्थलमा जैविक इन्धनबाट चल्ने र्‍याम्प बस हट्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जैविक इन्धनबाट चल्ने र्‍याम्प बस हट्ने भएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल टर्मिनलबाट विमानसम्म लैजाने र ल्याउने बस विद्युतीय बनाउने व्यवस्था गर्न विमास्थललाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले यससम्बन्धी कार्यविधि बनाउन विमानस्थललाई भनिएको जानकारी दिए । तर, ती बस तत्काल हट्ने भन्ने नरहेको उनको भनाइ छ । बाह्रखरीसँग क्षेत्रीले भने, “विमानस्थलबाट जैविक इन्धनले चल्ने बस हट्छन् । त्यसका लागि कार्यविधि बन्नुपर्छ ।”

विदेशी विमानस्थलमा विद्युतीय सवारी मात्र प्रयोग हुन्छ । क्लिन इनर्जी अवलम्बन गर्न यस्तो तयारी गरिएको उनको भनाइ छ ।

वायुसेवा प्रदायक कम्पनीहरु भने तत्काल विद्युतीय बस राख्न नसकिने बताउँछन् । वायुसेवा सञ्चालक संघ योगराज कँडेलका अनुसार जैविक इन्धनबाट चल्ने सवारी हटाउने काम तत्काल कार्यान्वयनमा ल्याउन नसकिने बताउँछन् ।

यसबारे आफूहरुसँग विमानस्थलले छलफल गरेको जानकारी उनले दिए । तर, तत्काल कार्यान्वयनमा ल्याउन नसक्ने जिकिर उनले गरे । कँडेलले भने, “कहिलेदेखि विस्थापित गर्ने भनेर पहिले कार्यविधि आओस् अनि छलफल गरौँला ।”

टेस्लाको सेयर बढेसँगै एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

टेस्लाको सेयर बढेसँगै एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

बीबीसी । बिहीबार टेस्लाको सेयरमा अचानक ठूलो वृद्धि भएसँगै कम्पनीका मालिक एलन मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा धेरै पुग्दा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

स्पेस एक्स र टेस्ला कम्पनीका प्रमुख मस्कले पहिलोपटक धनाढ्यको सूचीमा तीन वर्षदेखि लगातार शीर्ष स्थानमा रहँदै आएका अमेजोनका जेफ बेजोसलाई हराएका हुन् ।

उनको विद्युतीय कार कम्पनी टेस्लाको मूल्यमा यो वर्ष लगातार वृद्धि भइरहेको छ । जसको बजार भाउ बुधबार अहिलेसम्मकै उच्च ७०० अर्ब डलर बराबर पुगेको हो । यसले टेस्लालाई अन्य ठूला कार कम्पनीहरु, टोयोटा, फक्सवागन, हुन्डाइ, जीएम, फोर्डलाई मिलाउँदा पनि तिनीहरुभन्दा मूल्यवान् कम्पनी बनाइदिएको छ ।

यस्तोमा यो खबरको अनौठो प्रतिक्रिया दिएकाबारे पनि अहिले मस्कको चर्चा भइरहेको छ । व्यक्तिगत सम्पत्तिबारे उनको विचार यस प्रकार रहेको छ, “मेरो आधाभन्दा बढी सम्पत्ति पृथ्वीका समस्याहरु समाधान गर्नका लागि समर्पित छ र बाँकी आधाचाहिँ यदि, पृथ्वीसँग कुनै ठूलो तारा ठोक्किएर डाइनोसोर जसरी नै हाम्रो विनाशको दिन आयो भने या तेस्रो विश्वयुद्ध भएको खण्डमा हामी आफैँ विनाशतर्फ लाग्यौँ भने त्यस्तो परिस्थितिमा मानव जीवन जारी राख्न, मंगल ग्रहमा आत्मनिर्भर सहर सुनिश्चित गर्न मद्दत गर्नका लागि प्रयोग हुनेछ ।”

यता, बेजोसको सम्पत्तिमा पनि यो एक वर्षमा धेरै ठूलो वृद्धि देखिएको छ । कोरोना महामारीको अवधिभरि अमेजोनले अनलाइन स्टोर र कम्प्युटिङ सेवाको उच्च मागबाट अत्याधिक लाभ कमाएको छ । तर, उनले यसअघि पूर्वपत्नीलाई डिभोर्सका क्रममा कम्पनीको चार प्रतिशत सेयर दिनुपरेको थियो । जसले नै मस्कलाई उनलाई हराउने मौका दिएको बताइन्छ ।

 भिल्लासँग खेल्दै लिभरपुल

भिल्लासँग खेल्दै लिभरपुल

काठमाडौं । एफए कप फुटबलमा आज (शुक्रबार) लिभरपुलले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दै छ । भिल्लाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १स्३० बजे सुरु हुनेछ ।

एफए कपको तेस्रो चरणअन्तर्गत लिभरपुलले भिल्लासँग खेल्न लागेको हो । आजको खेलमा लिभरपुल सहज जितको अपेक्षामा हुनेछ । आजको खेलमा जित निकाल्न सके भिलरपुल अघिल्लो चरण प्रवेशका लागि उत्रनेछ ।

भिल्लाले भने आफ्नो यू–२३ को टिम भिरपुलविरुद्ध उतार्नेछ । टिमका खेलाडीहरुमा कोरोना देखिएपछि भिल्लाले युवा खेलाडी मैदान उतार्न लागेको हो । यस्तै लिभरपुलविरुद्ध मुख्य प्रशिक्षक डिन स्मिथसमेत मैदानमा देखिने छैनन् ।

 सडकबत्ती राख्दै ट्राफिक प्रहरी

सडकबत्ती राख्दै ट्राफिक प्रहरी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ–संस्थाको समन्वयमा सडकबत्ती राख्न थालेको छ ।

कोटेश्वर–कलंकी सडकखन्डमा सवारी दुर्घटनाको संख्या बढेसँगै ट्राफिक महाशाखाले त्यसको कारण खोजी गरेको थियो ।

रातको समयमा सडकबत्तीको अभावले जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्नेक्रममा दुर्घटनाको जोखिम उच्च रहने पाइएकोले त्यस्ता स्थानहरुमा सडकबत्ती जडान गर्न थालिएको हो ।

उक्त सडकखन्डको बीएन्डबीअगाडि, स्टार अस्पतालअगाडि, सानेपा, बल्खु सुमोपार्क, खसीबजार, सीता पेट्रोपम्प, भालेश्वर अटो वर्कसप, कलंकीलगायतका स्थानहरुमा सडकबत्ती जडान गरिएको छ ।

यस्तै, बढी दुर्घटनाको जोखिम रहेका स्थानहरुमा रातको समयमा समेत टल्कने स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उक्त सडकखन्डको विभिन्न १४ स्थानमा गति नियन्त्रण गर्न टल्कने कोणहरु राखिएको छ ।

स्थानीय संघ–संस्था तथा समाजसेवीहरुसँग समन्वय गरी सडकबत्ती जडान र टल्कने ट्राफिक कोण राख्न सुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

प्रतिनिधिसभा विघटनको निर्णय सदर भए संविधान कागजको खोस्टो हुन्छ ः नारायणकाजी

प्रतिनिधिसभा विघटनको निर्णय सदर भए संविधान कागजको खोस्टो हुन्छ ः नारायणकाजी

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले सदर गरे संविधान कागजको खोस्टो हुने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै नेकपाका नेतासमेत रहेका श्रेष्ठले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी कदम भएको बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेका दर्जन बढी रिट संवैधानिक इजलासमा विचाराधीन छ । त्यसतर्फ संकेत गर्दै उनले सर्वोच्च अदालतलाई संविधानअन्तर्गत् फैसला गर्ने अधिकार मात्र भएको बताए ।

“संविधानमा हुँदै नभएको अधिकार कसैले प्रयोग गर्ने, त्यसलाई अनुमोदन गर्न सर्वोच्च अदालतले संविधान संशोधनको फैसला गर्‍यो भने यो कागजको खोस्टोमा परिणत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ,” उनले भने, “त्यसैले संविधानसम्मत अदालतले निर्णय गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलास पठाएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटनको विषयमा मात्र संविधान संशोधन गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुने उनको भनाइ थियो ।

श्रेष्ठले प्रतिनिधिसभा विघटन प्रतिगामी कदम मात्र नभई समग्र प्रतिगमनको आधार तयार पार्ने आशंका व्यक्त गरे  । उनले संविधान बनाउँदा स्थायित्वका लागि प्रधानमन्त्रीलाई संसद् विघटन गर्न नदिने राष्ट्रिय सहमति भएको भन्दै अहिले नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि घात गरेको उनको आरोप थियो ।

अहिलेको संविधानको कुनै धाराले प्रधानमन्त्रीलार्ई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको श्रेष्ठले बताए । पूर्वप्रधानन्यायाधीश, पूवन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेको पनि उनले स्रमण गरे ।

त्यस्तै, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन बाध्यता भएको बताएकोप्रति उनले आपत्ति जनाए । “के हो बाध्यता रु बाध्यताको कारणले संविधान मिच्न पाइँदैन । राजनीतिक उपलब्धिमाथि आक्रमण गर्न पाइँदैन,” उनले भने ।

प्रदीप नेपालको घरमा पुगेर माधव नेपालले भने–ओलीलाई सम्झाउनुहोस्ं

प्रदीप नेपालको घरमा पुगेर माधव नेपालले भने–ओलीलाई सम्झाउनुहोस्ं

.काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल नेता प्रदीप नेपाललाई भेट्न उनकै घरमा पुगेका छन् ।

नेता नेपाल सोमबार साँझ गोठाटारमा पुगेका थिए । स्रोतका अनुसार कुनै बेला घनिष्ठ सम्बन्धमा रहेका नेताहरू माधव र प्रदीप नेपालबीच लामै संवाद भएको थियो ।

भेटमा प्रदीप नेपालले पार्टीका वरिष्ठ नेता नेपाललाई ओलीसँग मिलेर जान सुझाव दिएका छन् ।

एउटै सैद्धान्तिक पृष्ठभूमि र संघर्षबाट आएका नेताहरु मिलेर जानु नै उपयुक्त हुने बताएका थिए । विशेषगरी जनताको बहुदलीय जनवाद  जबजका लागि पनि मिल्नुपर्ने भन्दै उनले त्यसको वातावरण बनाउने बताए ।

माधव नेपालले भने समस्या आफूमा नरहेको जवाफ दिएका थिए । ‘एउटै पार्टीका नेताहरु किन नमिल्ने रु समस्या केपी ओलीमै छ’, माधव नेपालको भनाइ थियो । उनले पार्टी अध्यक्ष ओलीलाई सम्झाउन समेत नेता नेपाललाई आग्रह गरेका छन् ।

शनिबार मात्रै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग दुई नेता ओलीनेपाल मिलाइ दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रदीप नेपालको निवास पुगेका थिए ।

उनीहरुलाई आफू सक्दो सहयोग गर्ने बचन दिएका नेता नेपालले सोमबार माधव नेपाललाई फोन गरेका थिए । माधव नेपाल पनि जौरसिंपौवाको कार्यक्रममा रहेकाले र्फकंदा प्रदीप नेपालको निवासमा छिरेको स्रोतले बतायो ।


३११४ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

३११४ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ११४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ११४ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट एक हजार ४ जनाको मृत्यु भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४१ हजार १३४ जना डिस्चार्ज भएका छन् । 

हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ । जसम्म देशभर एक हजार २७७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ । शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । 

आइतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो । 

सोमबार देशभर दुई हजार ९३३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १५० जना डिस्चार्ज भएका थिए । सोमबार देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको छ ।

प्रधानमन्त्रीको नाम हटाइयो, स्वास्थ्यमन्त्रीविरुद्ध मात्र अदालतको अवहेलनाको निवेदन

प्रधानमन्त्रीको नाम हटाइयो, स्वास्थ्यमन्त्रीविरुद्ध मात्र अदालतको अवहेलनाको निवेदन

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड १९ को उपचार निस्शुल्क गर्न आदेश गरेपनि स्वास्थ्यमन्त्री ढकालले कार्यान्वयन नगरेको भन्दै निवेदन दर्ता भएको हो ।

 आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वासथ्यमन्त्री ढकाललाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । रिट दर्ता हुँदा प्रधानमन्त्री ओलीको नाम भने हटाइएको छ । अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले सर्वोच्च अदालतले कोभिड १९ को उपचार निस्शुल्क गर्न आदेश गरेपनि उल्लंघन गरेको भन्दै निवेदन दिएका हुन् ।

असोज १५ गते सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा कोभिड १९ को सबै उपचार निस्शुल्क गर्नू भनी परमादेश जारी गरेको थियो । तर, मन्त्रालयले उपचार शुल्क आफैं तिर्नू भनेको र सरकारी अस्पतालले समेत रकम तिर्नुपर्ने सूचना निकालेर परमादेशको अवज्ञा गरेको भन्दै निवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सजाय गर्न माग गरिएको छ । अस्पतालहरुले कोभिड १९ को उपचारअघि नै धरौटी राख्नुपर्ने सूचना नै निकालेपछि त्यसको विरोध भइरहेको छ । 

बिदाको मौका पारेर सर्वोच्च अदालतकै फैसलाविरुद्ध सरकारले उपचारमा शुल्क लिने निर्णय गरेको र यसो गर्नु सर्वोच्च अदालतको फैसलाको उल्लंघन र अनादर भएको भन्दै स्वास्थ्यमन्त्री ढकाललाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्न निवेदनमा माग गरिएको छ ।

प्रहरीलाई छैन सातमा एक दिन पनि छुट्टी, दैनिक १८ घण्टा ड्युटी

प्रहरीलाई छैन सातमा एक दिन पनि छुट्टी, दैनिक १८ घण्टा ड्युटी

काठमाडौं । प्रहरीमा तल्लो तहका कर्मचारीले सातामा एकदिन पनि छुट्टी नपाएको गुनासो गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।

सर्वेक्षणमा सहभागीहरुमध्ये ४० प्रतिशत प्रहरी कर्मचारीहरुले फिल्डमा कम्तीमा १२ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको र २७ प्रतिशतले १८ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले ९ महिना लगाएर यसबारे अध्ययन गरेको थियो ।

८३ प्रतिशत सहभागीले सातामा एक दिन पनि विश्राम नपाएको अवस्था देखिएको छ । ३५ प्रतिशत सहभागीहरुले वर्षमा १० दिनसम्म बिदा पाउने गरेको, २१ प्रतिशतले आवश्यकताअनुसार र ८ प्रतिशतले ३० दिनसम्म बिदा पाउने धारणा व्यक्त गरेका छन् ।

यस्तै ५४ प्रतिशत सहभागीहरुले कार्यालयमा खाना र पिउने पानी र ५२ प्रतिशतले ब्यारेक मेस, शौचालय र स्‍नान घरको अवस्था सुधार गर्नुपर्ने बताएको देखिन्छ । सहभागीमध्ये १० प्रतिशतले मात्रैसमयमा स्केलको सामान पाएको देखिन्छ ।

२५ प्रतिशतले कार्यालयमा समान व्यवहार नभएको धारणा व्यक्त गरेका छन् । सोमध्ये जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेदको महसुस गरेको धारणा व्यक्त गरेको अध्ययनमा उल्लेख छ ।

कांग्रेस पदाधिकारी बैठक स्थगित

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक नबस्‍ने भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो । पदाधिकारी बैठक बस्‍ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“नेपाली कांग्रेसको परम्पराअनुसार केन्द्रीय समितिको इमरजेन्सी बैठक १ बजे बसेर शोक प्रस्ताव पारित गर्छौं,” उनले भने, “अन्य विषयमा छलफलले प्रवेश पाउँदैन ।”

यसअघि सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा दर्ता गरेको विरोध पत्रमा छलफल हुने बताइएको थियो ।

हैदरावादलाई जित्‍नैपर्ने दबाब

हैदरावादलाई जित्‍नैपर्ने दबाब

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज मंगलबार सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दै छ ।

सारजहाँ क्रिकेट स्टेडियमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७स्४५ मा सुरु हुनेछ । आजको खेलमा हैदरावादलाई जित्नैपर्ने दबाब छ । 

आजको खेलमा जित्न सके हैदरावादले प्लेअफमा स्थान बनाउनेछ । लिगमा १३ खेल खेलेको हैदरावादको १२ अंक छ । आजको खेलमा जित निकाल्न सकेमा हैदरावाद चौथो स्थानमा उक्लदै प्लेअफमा पुग्नेछ । 

मुम्बई पनि आजको खेलमा जित निकाल्दै आफूलाई शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । मुम्बई लिगमा १३ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई दुई खेलअगावै प्लेअफमा पुगेको थियो ।

अस्ट्रियाको राजधानी भियनामा गोली प्रहार स् १ जनाको मृत्यु, कैयौं घाइते

अस्ट्रियाको राजधानी भियनामा गोली प्रहार स् १ जनाको मृत्यु, कैयौं घाइते

भियना । अस्ट्रियाको राजधानी भियनामा भएको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट अन्य धेरैजना घाइते भएको अस्ट्रियाको गृह मन्‍त्रालयले जनाएको छ । 

अस्ट्रियाको गृह मन्‍त्रालयले यो आक्रमणलाई ुआतंकवादी हमलाु को संज्ञा दिएको छ । साथै प्रहरीको जवाफी कारबाहीमा एक आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अस्ट्रियाका गृहमन्‍त्री कार्ल नेहमाले यसलाई आतंकवादी हमला भनेका छन् । आक्रमण भियनाको सेन्ट्रल स्विडनप्लाट्ज स्‍कवायरमा भएको हो । गृहमन्‍त्रीले गोलीबारीको पुष्टि गरेका छन् । उनका अनुसार प्रहरीको जवाफी कारबाहीमा केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । साथै आक्रमणबाट धेरैजना सख्त घाइते भएको खबर छ ।

प्रहरीले भने आक्रमणकारीको खोजो भइरहेको जनाएको छ । यो आक्रमणविरुद्ध सुरक्षा बलले अपरेसन गरिरहेका छन् । यसका लागि सुरक्षा बलको संख्या बढाइएको छ ।

प्रहरीले सार्वजनिक स्थान तथा हमला भएको क्षेत्रमा नजानका लागि सर्वसाधारणलाई अपिलसमेत गरेको छ । साथै सार्वजनिक यातायातमा पनि जोगिएर यात्रा गर्नका लागि अनुरोध गरेको छ । आक्रमण भएको क्षेत्र सिटी सेन्टरलाई सुरक्षाकर्मीहरुले घेराबन्दी गरेका छन् ।

सामाजिक सञ्‍जालमा सार्वजनिक गरिएका भिडियो फुटेजमा मानिसहरु दौडिएर भागिरहेको देख्‍न सकिन्छ । खबरअनुसार गोलाबारी यहुदिहरुको एक प्रार्थना स्थल नजिकै रहेको सडकमा भएको हो । 

कोरोना कहरका बीच यसरी हुँदै छ उद्योग वाणिज्य महासंघको चुनाव

कोरोना कहरका बीच यसरी हुँदै छ उद्योग वाणिज्य महासंघको चुनाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा कोरोना कहरकै बीच हुन गइरहेको छ । गत चैतमै भइसक्नुपर्ने साधारणसभा कोरोना संक्रमण रोकथामका लागि सरकारले गराएको लकडाउनका कारण पटक-पटक स्थगित हुँदै आएको थियो । सरकारको स्वीकृतिमा आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

अहिले पनि उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा महासंघले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै तीनवटा ‘भेन्यु’ मा साधारणसभा गर्न लागेको छ । त्यसका लागि महासंघले राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, कार्की ब्याङकेट, बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ, टेकुलाई छुट्टयाएको छ । ५४औं वार्षिक साधारणसभाको उद्घाटन भने वेबिनारमार्फत हुने महासंघले जनाएको छ ।

यो साधारणसभा चुनावीसभासमेत भएकाले चुनावी प्रयोजनका लागि तीन वटा ‘भेन्यु’ तोकिएको हो । महासंघको निर्वाचन समितिले मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुने गरी अर्थात् सामाजिक भौतिक दूरी कायम हुने, स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी मतदान गराइने जनाएको छ । सोहीअनुसार तीन फरक फरक ‘भेन्यु’ मा जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फको निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षसहित जिल्ला नगर, वस्तुगत र एसोसिएटका उपाध्यक्ष एवं ६० कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । निर्वाचित हुने ६० जना कार्यकारिणी सदस्यमध्ये प्रत्येक प्रदेशतर्फबाट एकरएकजना गरी सदस्य सात, उद्योग वाणिज्य संघ तर्फबाट १८, वस्तुगत संघ तर्फबाट १४, एसोसिएटतर्फबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फबाट सदस्य एक, महासंघका संस्थापकहरु मध्येबाट एकजना हुनेछन् ।

ढकाल-प्रधानबीच प्यानल भिडन्त

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष छन् । महासंघको आगामी अध्यक्ष हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुनेछन् । यसअघिको साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । 

त्यसअघि वर्तमान अध्यक्ष भवानी राणा पनि सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएकी थिइन् । वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र कार्यकारी समिति सदस्यबीच प्यानलसहित नै प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाइसकेका छन् । उनीहरुले प्यानलसहित नै मनोनयन दर्ता समेत गराइसकेका छन् । 

ढकाल प्यानल

ढकालको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई छन् । श्रेष्ठ वर्तमान कार्यसमितिमा पनि वस्तुगततर्फको उपाध्यक्ष हुन् । 

प्रधान प्यानल

यसैगरी प्रधानको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् । 

दसैंतिहार अघि न संसद, न उपसभामुखको निर्वाचन !

दसैंतिहार अघि न संसद, न उपसभामुखको निर्वाचन !

काठमाडौं । संघीय संसदको बैठक नबसेको तीन महिनाभन्दा बढी भइसकेको छ । गत असार १८ गते चल्दाचल्दैको संसद् अधिवेशन अन्त्य गरिएको थियो । सत्तारुढ दल नेकपाभित्रको विवादका कारण नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले हतार(हतार मन्त्रिपरिषद्को बैठक बोलाएर संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन स्थगन भएको घोषणा गरिदिइन् । 

सभामुख अग्‍निप्रसाद सापकोटा, सत्तापक्षकै केही सांसद, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्षी दल जनता समाजवादी पार्टीका सांसदहरु संसद खुलाउनुपर्ने पक्षमा छन् । तर, उनीहरुले पनि संसद खुलाउनका लागि प्रभावकारी पहल नगर्दा तीन महिनादेखि संसदको अधिवेशन सुरु हुने विषयमा कुनै छलफल नै हुन सकेको छैन । 

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने संसद खुलाउने विषयमा सभामुखले दलहरुसँग छलफल गरेकाबारे थाहा नभएको बताउँछन् । अहिलेसम्म कोरोनाबाट सुरक्षित रहने र अत्यावश्यक बैठक बस्नेबारेमा सभामुखज्युले कुराकानी गरिरहनुभएको छ, उनले भने, संघीय संसदका १६ जनालाई कोरोना संक्रमण भइसकेको छ । अहिले कोरोनाबाट सुरक्षित रहने कुरानै विशेष होला । कात्तिक दोस्रो सातासम्म चाडबाड नै छ । त्यसपछि संसदको बारेमा छलफल हुन्छ होला ।

 प्रधानमन्त्री केपी ओली नै संसद खुलाउने विषयमा उदासिन छन् । कोरोना महामारीका कारण संसद बन्द राखिराख्‍न सरकारलाई अर्को बहाना पनि मिलेको प्रतिपक्षी दलका सांसदहरु बताउँछन् । 

कांग्रेसको विशेष अधिवेशन माग गर्ने प्रस्ताव प्रस्तावमात्रै !

संसद बैठक खुलाउनका लागि माग नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आलोचना व्यहोर्‍यो । केही दिनअघि सभापति शेरबहादुर निवास बुढानिलकण्ठमा बसेको उनी पक्षीय पदाधिकारीको बैठकमा पनि संसदको विषयले प्रवेश पायो । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले संसदको विशेष अधिवेशन बोलाउनका लागि पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने र केन्द्रीय समिति बैठकले पार्टी संसदीय दललाई त्यसका लागि अघि बढ्न निर्देशन दिने निर्णय गर्ने निष्कर्षमा कांग्रेस पुगेको थियो । 

तर, असोज १९ गतेका लागि तोकिएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको छ  । बैठक नै नबसेपछि केन्द्रीय समितिमा छलफल गराउने भनिएको विशेष अधिवेशनको विषय पनि स्थगन भएको छ । कांग्रेस संसदीय दल पनि संसदका विषयमा मौन नै छ । 

सत्तारुढ दल नेकपा र सरकारले नचाहेको अवस्थामा पनि संसदमा रहेका अन्य दलले माग गरेमा संसद् अधिवेशन माग गर्नका लागि संख्या पर्याप्त छ ।  संविधानको धारा ९३ को  ९३० मा, ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ,’ भन्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कांग्रेस र जसपाले संसद् बैठक आह्वान गर्नका लागि लिखित रूपमा राष्ट्रपतिलाई अनुरोध गर्न सक्छन् । 

हाल प्रतिनिधिसभा २७५ सदस्यीय छ । जसको एक चौथाइ भन्‍नाले ६९ सांसदहरूले त्यसरी संसद अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गर्न सक्छन् । संसदमा हाल नेपाली कांग्रेसको ६० र जसपाका ३२ सांसद छन् । संसद बैठक बोलाउनका लागि राष्ट्रपतिलाई आग्रह गर्न ९२ सांसद संख्या पर्याप्त हुन्छ ।

उपसभामुख नियुक्तिमा थप अन्योल

०७६ माघ पहिलो सातादेखि प्रतिनिधिसभा उपसभामुखविहीन छ । रिक्त उपसभामुखका लागि पनि दसैंतिहारअघि निर्वाचन हुने सम्भावना देखिँदैन । संसद नै अनिश्चित भएपछि संसदबाट उपनिर्वाचनका लागि निर्वाचन अनिश्चित हुने नै भयो । 

उपसभामुख संवैधानिक परिषद्‌मा पदने सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले सभामुख सत्तारुढ दल नेकपाकातर्फबाट अग्‍निप्रसाद सापकोटा छन् । उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पनि प्रतिपक्षी दलबाट महिला उपसभामुख बनाउनुपर्ने अवस्था छ । कतिपय संवैधानिक आयोगहरुमा पदाधिकारी र सदस्यहरु रिक्त छन् । 

उपसभामुखको निर्वाचन नगराएर सरकारले एकलौटी ती निकायमा कार्यकर्ता भर्ती गर्न खोजेकाले उपसभामुखको निर्वाचन नगराइएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आरोप छ । 

कांग्रेस नेता एनपी साउँद नेकपा नेतृत्वको वर्तमान सरकारले संवैधानिक परिषद्को बैठक बोलाउनेसम्म पनि नैतिक अधिकार गुमाइसकेको बताउँछन् । एउटै पार्टीका सभामुख र उपसभामुख भएका बेलामा पनि केही संवैधानिक नियुक्तिहरु गरेको र अहिले उपसभामुख परिषद्को प्रदेन सदस्य हुने स्थितीलाई दृष्टिकोण गरेर उपसभामुखको निर्वाचन नै नगराइएको उनको टिप्पणी छ ।  संवैधानिक परिषद्लाई पूर्णता दिनुपर्नेमा साउँदको जोड छ ।

संसद सचिवालयले पनि दसैंतिहार अगाडि संसद बस्‍ने संकेत नपाएको जनाएको छ । संसद खुलेपछि मात्र उपसभामुखको निर्वाचन  प्रक्रिया अघि बढ्ने भएकाले त्यसअघि प्रतिनधिसभामा उपसभामुखको नियुक्ति हुने कुनै सम्भावना देखिएको छैन । 

प्रक्रियामै अड्कियो पैंचो ल्याउने भनिएको मल

प्रक्रियामै अड्कियो पैंचो ल्याउने भनिएको मल

काठमाडौं । बंगलादेशबाट पैंचोमा ल्याउने भनिएको ५० टन युरिया मल अझै प्रक्रियामै अड्किएको छ । गत भदौ १६ गते नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल पैंचो मागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन युरिया मल पठाइदिन आग्रह गरेका थिए । बंगलादेशले पनि ५० हजार टन मल दिने आश्‍वासन दिएको थियो । त्यसपछि नेपालले उक्त युरिया मल ल्याउन टेन्डर आह्‍वान गरेर पनि आयातकर्ता छनोट गरिसकेको छ । 

तर, बंगलादेशले एउटा ुमेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङु एमओयू गर्न चाहेकाले मल ल्याउन ढिलाइ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले मल ल्याउन प्रक्रिया चलिरहेको बताए । उनका अनुसार कागजी प्रक्रियाका कारण मल ल्याउने समय लम्बिएको हो । यद्यपि उनले बंगलादेशले पठाएको एमओयूको ड्राफ्टमा केही हेरफेर गरेर सरकारले बंगलादेश पठाइसकेको र छिट्टै प्रक्रियाले मूर्तरुप पाउने बताए । “नेपाल र बंगलादेशमा एउटा एमओयूमा हस्ताक्षर हुनुपर्ने, त्यो भएको छैन । बंगलादेशले सम्झौताका लागि ड्राफ्ट पठाएको थियो । त्यसमा केही सच्चाएर हामीले पठाइसकेका छौं । सम्भवतः यो हप्ताभित्र प्रक्रियागत रुपमा टुंगिएला । त्यसपछि आउने क्रम सुरु हुन्छ,” उनले भने ।  

सम्झौताको पाटो टुंगिएपछिको १५ दिनभित्र मल आउन सुरु हुने मन्त्रालयले जनाएको छ । “५० हजार टन मल आउन दुई महिना लाग्छ । कागजी काम नटुंगिएसम्म प्याकेजिङ गर्ने, ढुवानी गर्ने काम सुरु भएन,” उनले भने, “कागजी प्रक्रिया टुंगिएको १५ दिनभित्र मल आउन सुरु हुन्छ ।” उनले नेपालको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिएको बताए । ूहाम्रो तर्फबाट सबै प्रक्रिया सकिएको थियो । उनीहरुले चट्गाउँबाट लैजाने भनेपछि हामीले टेन्डर आह्‍वान गरेर पनि टुंग्याइसक्यौं, उनले भने । 

बंगलादेशले मलको परिमाण र फिर्ता गर्ने विषयमा एमओयू गर्न खोजेको हो । यसबारेमा सुरुवाती समयमा छलफल नभए पनि पछि बंगलादेशले उक्त सम्झौता गर्न चाहेकाले प्रक्रिया लम्बिएको दाबी मन्त्रालयको छ । “हाम्रो तयारी सबै पूरा भएको छ । हाम्रा तर्फबाट पठाउनुपर्ने सबै पठाइसकेका छौं । मन्त्रालयले बंगलादेशसँग गर्ने सम्झौताको मस्यौदा पठाएको छ,” उनले भने, “अहिले त यो प्रक्रिया अगाडि बढेको छ, सम्भवतः यो साता केही होला ।”

कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डरबाट मल ल्याउने जिम्मा युनाइटेड अरब इमिरेट्सको जेन्टेड यूएई कम्पनीलाई दिइसकेको छ । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले मल लिन आउनू भन्‍नेबित्तिकै बोक्न तयारी अवस्थामा बसेको बताए । उनका अनुसार मल ल्याउने जिम्मा पाएको कम्पनीले बोरा प्रिन्टिङ गर्ने काम गरिरहेको छ । “नेपाल सरकार र बंगलादेश सरकारबीच एउटा सम्झौता हुन बाँकी छ । त्यो हुनेबित्तिकै हामी सामान लोड गर्न तयार छौं । सामान लोड गरेको एक सातामा मल आइपुग्छ,” उनले भने । 

मन्त्रालयले यो सिजनका लागि करिब एक लाख ५० हजार टन युरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैंचोमा मागेको हो । नेपाल बंगलादेशबाट ल्याउने मल सोही प्रक्रियाअनुसारै अन्य देशबाट किनेर बंगलादेशलाई दिनेछ । 

गहुँ, तरकारी र तोरी रोप्‍ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग युरिया मल सापटी मागेको हो । भदौ १६ गते कृषि विकासमन्त्री घनश्याम भुसालले दुई महिनाभित्र बंगलादेशबाट मल आउने बताएका थिए । मन्त्रालयले यसअघि रासायनिक मल भित्र्याउन ठेक्का पाएर पनि मल नल्याएका ठेकेदार शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारबाही गरिसकेको छ ।