अब दुई दिनमै सेयर कारोबारको राफसाफ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ दिन मै सेयर कारोबारको राफसाफ चक्र पूरा हुनेगरी सिडिएस एन्ड क्लियरिङको विनियम स्वीकृत गरेको छ । 

नेपाल धितोपत्र बोर्ड धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस थ्रिबाट टी प्लस टुमा गर्नेगरी सिडिएस एन्ड क्लियरीङको विनियम स्वीकृत गरेको जनाएको छ । 

“धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टु मा गर्ने बोर्डको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा रहेको र सो कार्यान्वयनमा ल्याउन सिडिएस एण्ड क्लियरिङले आफ्नो विनियममा भएको हालको टी प्लस थ्रि लाई टी प्लस टु मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो । सोही बमोजिम बोर्डले धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टु मा गर्ने गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको छ,” बोर्ड एक सूचना जारी गर्दै भनेको छ । 

बोर्डले स्वीकृत गरेको उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ्ग लि।ले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा जनाएको छ । 

“धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिइ टी प्लस टु कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा छ,” नेपाल धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: