प्रधानमन्त्रीको नाम हटाइयो, स्वास्थ्यमन्त्रीविरुद्ध मात्र अदालतको अवहेलनाको निवेदन

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड १९ को उपचार निस्शुल्क गर्न आदेश गरेपनि स्वास्थ्यमन्त्री ढकालले कार्यान्वयन नगरेको भन्दै निवेदन दर्ता भएको हो ।

 आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वासथ्यमन्त्री ढकाललाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । रिट दर्ता हुँदा प्रधानमन्त्री ओलीको नाम भने हटाइएको छ । अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले सर्वोच्च अदालतले कोभिड १९ को उपचार निस्शुल्क गर्न आदेश गरेपनि उल्लंघन गरेको भन्दै निवेदन दिएका हुन् ।

असोज १५ गते सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा कोभिड १९ को सबै उपचार निस्शुल्क गर्नू भनी परमादेश जारी गरेको थियो । तर, मन्त्रालयले उपचार शुल्क आफैं तिर्नू भनेको र सरकारी अस्पतालले समेत रकम तिर्नुपर्ने सूचना निकालेर परमादेशको अवज्ञा गरेको भन्दै निवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सजाय गर्न माग गरिएको छ । अस्पतालहरुले कोभिड १९ को उपचारअघि नै धरौटी राख्नुपर्ने सूचना नै निकालेपछि त्यसको विरोध भइरहेको छ । 

बिदाको मौका पारेर सर्वोच्च अदालतकै फैसलाविरुद्ध सरकारले उपचारमा शुल्क लिने निर्णय गरेको र यसो गर्नु सर्वोच्च अदालतको फैसलाको उल्लंघन र अनादर भएको भन्दै स्वास्थ्यमन्त्री ढकाललाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्न निवेदनमा माग गरिएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: