प्रहरीलाई छैन सातमा एक दिन पनि छुट्टी, दैनिक १८ घण्टा ड्युटी

काठमाडौं । प्रहरीमा तल्लो तहका कर्मचारीले सातामा एकदिन पनि छुट्टी नपाएको गुनासो गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।

सर्वेक्षणमा सहभागीहरुमध्ये ४० प्रतिशत प्रहरी कर्मचारीहरुले फिल्डमा कम्तीमा १२ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको र २७ प्रतिशतले १८ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले ९ महिना लगाएर यसबारे अध्ययन गरेको थियो ।

८३ प्रतिशत सहभागीले सातामा एक दिन पनि विश्राम नपाएको अवस्था देखिएको छ । ३५ प्रतिशत सहभागीहरुले वर्षमा १० दिनसम्म बिदा पाउने गरेको, २१ प्रतिशतले आवश्यकताअनुसार र ८ प्रतिशतले ३० दिनसम्म बिदा पाउने धारणा व्यक्त गरेका छन् ।

यस्तै ५४ प्रतिशत सहभागीहरुले कार्यालयमा खाना र पिउने पानी र ५२ प्रतिशतले ब्यारेक मेस, शौचालय र स्‍नान घरको अवस्था सुधार गर्नुपर्ने बताएको देखिन्छ । सहभागीमध्ये १० प्रतिशतले मात्रैसमयमा स्केलको सामान पाएको देखिन्छ ।

२५ प्रतिशतले कार्यालयमा समान व्यवहार नभएको धारणा व्यक्त गरेका छन् । सोमध्ये जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेदको महसुस गरेको धारणा व्यक्त गरेको अध्ययनमा उल्लेख छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: