कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक नबस्‍ने भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो । पदाधिकारी बैठक बस्‍ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“नेपाली कांग्रेसको परम्पराअनुसार केन्द्रीय समितिको इमरजेन्सी बैठक १ बजे बसेर शोक प्रस्ताव पारित गर्छौं,” उनले भने, “अन्य विषयमा छलफलले प्रवेश पाउँदैन ।”

यसअघि सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा दर्ता गरेको विरोध पत्रमा छलफल हुने बताइएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: