सङ्खुवासभामा हत्या गरिएका ६ जनाकै शव परीक्षण गर्न धरान लगियो

 


सङ्खुवासभामा हत्या गरिएका एउटै परिवारका ६ जनाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या भएको थियो । ५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली पनि घटनास्थलमै छ।

हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिए । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: