सेभियाले छैटौं पटक जित्यो युरोपा लिगको उपाधि


काठमाडौं । 

स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि ६ पटक जित्ने किर्तीमान बनाएको छ ।

गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले यो किर्तीमान बनाएको हो ।

खेलमा सेभियालाई विजयी गराउन लुक डे योङले दुई गोल गरे । इन्टर मिलानका लुकाकुले एक आत्माघाति गोल गरेका थिए ।

पराजित टोली इन्टरका लागि लुकाकु र डिएगो गोडिनले एक एक गोल गरे । खेलमा गोल गरेका लुकाकलेु युरोपा लिगमा लगातार ११ खेलमा गोल गर्ने किर्तीमान समेत बनाएका छन् ।

सन् २००६ मा पहिलो पटक तत्कालिन युएफा कप जितेको सेभियाले त्यसयता ६ पटक यो उपाधि उचालेको हो ।

युरोपियन क्लब फुटबलमा च्याम्पियन्स लिग पछि युरोपा लिग सर्वाधिक महत्वको प्रतियोगिताको हो ।

यो सिजनको च्याम्पियन्स लिगको उपाधिका लागि आईतवार राती पोर्चुगलमा हुने फाईनल खेलमा जर्मनीको बायर्न म्युनिख र फ्रान्सको पेरिस सेन्ट जर्मेन ९पिएसजी० भिड्नेछन् ।


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: