जातीय सद्‌भावका लागि मेलानिया ट्रम्‍पको अपिल, भनिन्– तपाईंहरु एक्लो हुनुहुन्‍न


वासिङ्टन । अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पले जातीय सद्‌भावका लागि अपिल गरेकी छन् । 

ह्‍वाइट हाउसबाट रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जातीय सद्‌भावका लागि आग्रह गरेकी हुन् । विस्कन्सिनमा पछिल्लो समय जातीय दमनविरुद्ध भइरहेको प्रदर्शनमा प्रहरीमाथि प्रदर्शनकारीहरुको निरन्तरको आक्रमण भइरहेका बला उनले हिंसा र लुटपाट बन्द गर्नु अपिल गरेकी हुन् । 

उनले अमेरिकीहरूलाई जातीमा आधारित अनुमानहरु नगर्नसमेत आग्रह गरेकी छन् ।  उनले भनिन्, यो कठोर यथार्थ हो कि हामी आफ्नो इतिहासको कुनै पनि अंशप्रति गर्व गर्दैनौं । विगतबाट पाठ सिक्दै भविष्यप्रति ध्यान केन्द्रित गर्न म तपाईंलाई प्रोत्साहित गर्दछु ।

म मानिसहरूलाई सभ्य तरिकाले एकजुट हुन आग्रह गर्दुछु । हामी हरेको कान गर्न सक्षम छौं र हाम्रा अमेरिकी आदर्शहरू अनुसार जीवन व्यतित गर्न सक्छौं,ू उनले थपिन्, ून्यायको नाममा भइरहेको हिंसा र लुटपाट तत्काल रोक्न पनि आग्रह गर्छु, र व्यक्तिको शरीरको रङका आधारमा अनुमानहरु नगर्न अपिल गर्दछु ।ू

उनले कोरोना भाइरसको महामारीबाट प्रभावित अमेरिकीप्रति सहानुभूति प्रकट गर्दै कोरोनाबाट ज्यान गुमाउने एक लाख ७८ हजार अमेरिकीलाई श्रद्धाञ्‍जली अपर्ण गरेकी थिइन् । 

उनले भनिन्, मलाई थाहा छ, अमेरिकीहरु निकै आक्रोशित हुनुभएको छ । केहीले एक्लोपनाको महसुस गर्नुभएको छ । म तपाईंलाई आश्‍वस्त पार्न चाहन्छु कि तपाईं एक्लो हुनुहुन्‍न । तपाईंहरुको साथमा हामी छौं ।

मंगलबारको सम्मेलन आइतबार गोली हानी मारिएका २९ वर्षीय काला जातिका युवक ज्याकोब ब्लेकप्रति श्रद्धाञ्‍जली अर्पण गर्दै सुरु गरिएको थियो । ब्लेकको मृत्युपछि विस्कन्सिनमा आन्दोलन भड्किएको छ । 

राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरुले निरन्तर प्रहरीमाथि आक्रमण जारी राखे नेसनल गार्ड परिचालन गर्न आग्रह गरेका छन् । 

आगामी नोभेम्बरमा हुने निर्वाचनमा अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्रेट उम्मेद्‍वार जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन् । यसअघि डेमोक्रेटको राष्ट्रिय सम्मेलन भएको थियो । (बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: