चेन्नईका सुरेश रैनाले आइपिएलका सबै खेल गुमाउने

एजेन्सी, चेन्नई सुपरकिंग्सका ब्याट्सम्यान सुरेश रैनाले २०२० आइपिएलका सबै खेल गुमाउने भएका छन्।

कोरोनाभाइरसका कारण भारतबाट सारिएर युएईमा गर्न लागिएको आइपिएलमा चेन्नईका भरपर्दा ब्याट्सम्यान रैना उपलब्ध नहुने सिइओ कासी विश्वनाथनले जनाएका छन्।

आइपिएलका लागि युएई पुगेका रैना व्यक्तिगत कारण देखाउँदै भारत फर्किएका छन्।

सुरेश रैना भारत फर्किएसँगै चेन्नईलाई अर्को झड्का लागेको छ। यसअघि शुक्रबार चेन्नई टिमबाट १० जनलाई कोरोना भाइरसको संक्रमण भएको थियो। जसमध्ये एक जना खेलाडी रहेको बताइएको छ।

कोरोना संक्रमण भएपछि चेन्नईको अभ्यास पनि सरेको छ।

रैनाले महिनाको सुरुमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले संन्यास लिएकै दिन उनले पनि संन्यासको घोषणा गरेका थिए।

चेन्नईले युएई जानुअघि भारतमा प्रशिक्षण क्याम्प संचालन गरेको थियो। जहाँ धोनी, रैना, केदार जादव, दीपक चाहर र पियुस चावला उपस्थित थिए। तर रविन्द्र जडेजा र हरवजन सिंहले भने अभ्यास छुटाएका थिए।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: