कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने


काठमाडौं, भदौ ६। 

कोरोना भाइरस दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०का प्रमुख डा। टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका हुन् ।

शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको दृष्टान्त दिंदै उक्त विश्वास व्यक्त गरेका हो ।

तर अहिलेको प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा यो अझ चाँडो नियन्त्रणमा आउन सक्ने पनि उनको विश्लेषण छ ।

बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने सम्भावना बढी भएपनि यसलाई रोक्नका लागि अहिले प्रविधि र ज्ञान पनि बढी उपलब्ध रहेको पनि टेड्रोसको तर्क छ ।

सन् १९१८ को स्प्यानिश फ्लूका कारण ५ करोड बढीले ज्यान गुमाएको बताइन्छ ।

महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक ९पीपीई० जस्ता स्वास्थ्य सुरक्षा सामग्रीसँग सम्बन्धित भ्रष्टाचार लाई घोर अपराधको संज्ञा पनि दिएका छ ।

यस्ता भ्रष्टाचार आफ्ना लागि हत्या सरह नै भएकाले कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य नहुने पनि टेड्रोसले प्रष्टएका छन् ।

हालसम्मका कोरोनाका कारण विश्वभर करिब ८ लाख मानिसले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन् ।९एजेन्सी०


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: