स्याङ्जामा हैजा रोगबाट एकको मृत्यु

स्याङ्जा, भदौ ७ ।

कोरोनाले आक्रान्त भएको समयमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. २ छापकी ७२ वर्षिया जितकुमारी सिंजालीको हैजा रोग लागेर मृत्यु भएको छ । 

विभिन्न रोगबाट ग्रसित सिंजाली केहि दिन अघि स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्केकी थिईन । उनी उच्च रक्तचाप, मधुमेहबाट प्रभावित थिईन् ।

केहि दिनदेखि फैलिएको हैजा रोगबाट चापाकोट नगरपालिका वडा नं. ८ दामाचौरका महिला तथा बालबालिका गरी करिब ५० स्थानीय बिरामी परेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

हैजा रोगलाई नियन्त्रण बाहिर जान नदिन चापाकोट नगरपालिका स्वास्थ्य शाखाले दामाचौरको एक स्थानीय विद्यालयमा स्वास्थ्य शिविर राखेर हैजा प्रभावितको उपचार थालेको शाखा प्रमुख विन्दु कोइरालाले जानकारी दिए ।

हैजा रोगबाट सामान्य प्रभावितलाई विद्यालयमा स्थापना गरिएको स्वास्थ्य शिविरमा उपचार गरिएको छ । कोईरालाका अनुसार स्वास्थ्य अवस्था जटिल भएका बिरामीलाई चापाकोट नगर अस्पतालमा उपचार गरिएको छ ।

कोरोनाबाट प्रभावित जनजीवन हैजा फैलिएसँगै थप त्रसित भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार खास गरी महिला तथा बालबालिका हैजाबाट बढि प्रभावित भएका छन् । हैजालाई नियन्त्रण बाहिर जान नदिन नगरपालिकाले आवश्यक तयारी गरेको चापाकोट नगरपालिकाले जनाएको छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: