स्याङ्जामा तास खेल्ने १९ जना पक्राउ

स्याङ्जा, भदौ १४ ।  स्याङ्जाको पुतलीबजारमा तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । 

पुतलीबजार नगरपालिका वडा नं १ बाट ८ जना र वडा नं १४ वटा ११ जना गरी १९ जना तास खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पुतलीबजार नगरपालिका वडा नं १ अभियानपथस्थितमा शिव बहादुर थापाले भाडा लिई बसेका घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले ७ पुरुष र १ महिला गरि ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट नगद रु७ हजार ८ सय ३० रुपैया बरामद गरेको छ ।

त्यसै गरी पुतलीबजार नगरपालिका वडा नं १४ लामागेस्थित जीवन मल्ले संचालन गरेको सरकार मोटेरसाईकल वर्कसपको कोठाभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट नगद २४ हजार ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: