कोरोनाका कारण कपिलवस्तुका एकको ज्यान गयो


उपचारका लागि आइसोलेशनमा भर्ना भएका कपिलवस्तु-२ तौलिहवाका ४२ वर्षीय र कृष्णनगरका २५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति ज्यान  गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । 

४२ वर्षीय पुरुष साउन २३ गते र २५ वर्षीय  पुरुष  गएको आइतबार आइसोलेशनमा भर्ना हुनुभएको थियो । मृतक ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । तर २५ वर्षीय पुरुषको भने स्वाब परीक्षणको रिपोर्ट आज बेलुकासम्म आउने अस्पतालले बताएको छ । दुवै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मृतकमध्ये २५ वर्षीय पुरुष केहीदिन अगाडि भारतको मुम्बईबाट नेपाल आएका थिए । ४२ वर्षीय पुरुषमा भने श्वासप्रश्वासको समस्या थियो । कोरोनाका कारण ज्यान गुमाएकाको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: