कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोगको अनुमति

वासिङ्टन । अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडीएले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकाहरुको रगतको प्लाज्मा तत्त्व अन्य बिरामीका लागि प्रयोग गर्न अनुमति दिएको छ।

कोरोना संक्रमणमुक्त भएकाहरुको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेको एन्टीबडीलाई अन्य संक्रमितमा प्रयोग गरिने प्लाज्‍मा थेरापी विधि ७० हजारभन्दा बढी मानिसमा प्रयोग गरिएको छ । 

एफडीएले प्लाज्मा थेरापीको परीक्षण सुरक्षित र प्रभावकारी भएको जनाको छ । अधिकांश विज्ञहरुले यसको प्रयोगका लागि गरिएको अध्ययनमाथि प्रश्न उठाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक कारणका लागि एफडीए खोप र उपचारको प्रक्रियामा बाधा पुर्‍याएको आरोप लगाएको एक दिनपछि यस्तो घोषणा गरिएको हो । दोस्रो कार्यकालका लागि नोभेम्बरमा हुने निर्वाचन अभियानअन्तर्गतको रिपब्लिकन राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा कोरोना महामारीविरुद्ध संघर्ष अन्गतर्गत प्लाज्मा थेरापी विधि प्रयोगका लागि अनुमति दिइएको हो । 

राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने दाबी गरेका छन् । साथै उनले कोरोना भाइरस संक्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ(आफ्नो नाम दर्ता गर्नसमेत आग्रह गरेका छन् । 

ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप पनि चाँडै बन्‍ने विश्वास व्यक्त गरेका हुन् । कोरोना भाइरसविरुद्धको लडाइँमा कुनै नतिजा निकाल्न ट्रम्पमाथि चर्को दबाब छ । कोरोना भाइरसबाट अमेरिकामा ५६ लाख मानिसमा संक्रमण भएको छ भने एक लाख ७६ हजार मानिसको मृत्यु भएको छ । 

बीबीसी संवाददाता पिटर बोजका अनुसार एफडीएले दिएको प्रारम्भिक विवरणबमोजिम कोरोना भाइरस संक्रमितमा सुरुकै अवस्थामा प्लाज्मा थेरापीको प्रयोग गर्दा एक महिनापछि उनीहरू बाँच्‍ने सम्भावना ३५ प्रतिशतले बढेको पाइएको छ ।

प्रारम्भिक परीक्षणमा यो उपचार विधि सुरक्षित भएको पाइएको एफडीएले जनाएको छ । तर यसको यथार्थ प्रभावकारिता थप क्लिनिकल ट्रायलपश्चात मात्र यकिन गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन् । कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने सम्भावना अहिले नै नकार्न नसकिने वैज्ञानिकको भनाइ छ । (बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: