पोखराको बिरौटामा शर्माको वर्कसप

स्याङ्जा, ३० भदौ  । स्याङ्जाका युवा उद्यमीले पोखरा महानगरपालिका वडा नं. १७ को बिरौटामा अटो वर्कसप संचालनमा ल्याएका छन् । उनले झण्डै ५० लाखको लागतमा ‘स्याङ्जा अटो वर्कसप’ नामक वर्कसप संचालनमा ल्याएका हुन् ।

स्याङ्जाका युवा उद्यमी शिव शर्माले बिरौटाको राममन्दिर चोकमा वर्कसप संचालन गरेका हुन् । विगत १३ वर्षदेखि स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ सुन्तलीटारमा शर्माले यमाहा स्वरुम व्यवसाय गर्दै आएका थिए । 

“नयाँ व्यवस्थापन सहित पोखराको बिरौटास्थित राममन्दिर चोकमा वर्कसप व्यवसाय संचालनमा ल्याएको छु ।” वर्कसप संचालक शर्माले भने, “फाईनान्स सुविधामा स्कुटी र मोटरसाईकल उपलब्ध गराउने गरी वर्कसप व्यवसाय संचालमा ल्याएका छौं ।”

हालै स्थापना गरिएको वर्कसप विश्वकर्मा बाबाको पुजाको दिन पारेर असोज १ गते भव्य समारोहकाबीच उद्घाटन गर्न लागिएको संचालक शर्माले जानकारी दिए । शर्माका अनुसार कोरोना कहरकैबीच आफ्नो पुरानो व्यवसायलाई पोखरामा संचालनमा ल्याएका हुन् ।

एक्सचेञ्ज अफर सहित संचालित वर्कसपमा विशेष छुटमा स्कुटी र मोटरसाईकल विक्री वितरण गरिएको वर्कसपका अर्का संचालक सोनिका शर्माले जानकारी दिईन् ।  विशेष समय र चार्डपर्वका अवसरमा बम्पर उपहार सहित स्कुटी र मोटरसाइकल उपलब्ध गराईने शर्माले बताईन् ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: