पीएसजीका थप तीन खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थप तीन जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । 

योसँग क्लबमा कोरोना संक्रमित खेलाडीको संख्या ६ पुगेको छ । यसअघि पीएसजीका स्टार खेलाडी नेयमारलगायत तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीलाई उदृत गर्दै सीएनएनले लेखेको छ । 

पीएसजीले बिहीबार गरेको परिक्षणमा तीन नयाँ खेलाडीलाई कोरोना संक्रमण देखिएको बताएको छ । क्लबले तीन जना नयाँ संक्रमित खेलाडीको नाम भने खुलाएको छैन । लिग वान च्याम्पियन्स पीएसजीले च्याम्पियन्स लिगपछि खेलाडीको कोरोना परिक्षण गरेको हो । 

पीएसजी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब वायर्न म्युनिखसँग पराजित भएको थियो । प्रि–सिजनको खेलहरु खेल्न तयार भएको पीएसजीले खेलाडीहरुको स्वास्थ्य परीक्षण गरेको हो । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: