आईपीएल ः कुन टिम पर्नेछ सन्दीपको अबको रोजाइमा ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने लामो समयदेखि विश्व क्रिकेट क्षेत्रमा चर्चामा छन् । इन्डियन प्रिमियर लिग ९आईपीएल० खेलेपछि निकै चर्चामा आएका सन्दीपले विश्वभरका धेरै ठूला लिगमा पनि स्थान बनाए । 

बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तानी सुपर लिग, टी–१० क्रिकेट लिगजस्ता प्रतियोगितामा अब्बल सावित भएका सन्दीप पछिल्लो समय आईपीएलमा देखिएका छैनन् । 

दिल्ली क्यापिटल्ससँग तीन वर्षे सम्झौतामा रहेका उनी पहिलो र दोस्रो सिजनमा केही खेलमा स्थान बनाउन सफल थिए । तर, यो सिजन दिल्लीले सात खेल खेलिसक्दा पनि सन्दीपले आफ्नो स्थान प्लेइङ सेटमा बनाउन सकेका छैनन् । 

सन् २०१८ बाट आईपीएल खेल्न थालेका सन्दीपले पहिलो सिजन तीन खेल खेलेका थिए । सन्दीपले तीन खेल खेल्दा पाँच विकेट लिएका थिए । त्यस्तै सिजन सन् २०१९ मा भने उनले ६ खेल खेल्दै ८ विकेट लिएका थिए । 

यसरी उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले यो सिजन भने निराश हुनु परेको छ । दिल्लीले सिजनको सात खेल खेल्दा पाँच खेलमा जित निकालेको छ । समग्रमा दिल्लीले उत्कृष्ट प्रदर्शन पनि गरिरहेको छ । 

पछिल्लो समय आईपीएल २०२० को मिड सिजन लगभग समाप्त भएको छ । सबै सहभागी टोलीले समान ७(७ खेल खेलेपछि आईपीएलको मिड सिजन ट्रान्सफर विन्डोज खुला भएको छ । 

मिड सिजन ट्रान्सफर विन्डोजका दौरान खेलाडी एक टोलीबाट अर्को जान सक्नेछन् । जुन खेलाडीले अहिलेसम्म आफ्नो टिमको प्लेइङ(११मा स्थान बनाउन सकेका छैनन् र पछिल्लो बाँकी आठ खेलमा पनि स्थान बनाउने सम्भावना कम भएका खेलाडी यस मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टिममा जान सक्नेछन् ।

त्यस्तै अहिलेसम्मको खेलमा आफ्नो टोलीको कम्बिनेसन  बनाउन नसकेको टिमले पनि मिड सिजन ट्रान्सफर विन्डोजको माध्यमबाट खेलाडी अनुबन्ध गर्न सक्नेछन् । यस सिजन केही टिमको कम्बिनेसन राम्रो छ । तर, केही टिम यस्ता छन् कि यस सिजनको मिड सिजन ट्रान्सफर विन्डोज खेलाडी अनुबन्ध गर्न निकै आवश्यक छ ।

मिड सिजन ट्रान्सफर विन्डोजमा आफ्नो टोलीका लागि दुईभन्दा कम खेल खेलेका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । नेपाली क्रिकेटर सन्दीप लामिछानेले पनि यस सिजनको आईपीएलमा कुनै खेल खेल्ने अवसर पाएका छैनन् । दिल्ली क्यापिटल्समा आबद्ध लेग स्पिनर सन्दीप पनि यस मिड सिजन ट्रान्सफर विन्डोजमा अर्को टोली रोज्न सक्नेछन् । 

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको दिल्लीमा रहेका अन्य स्पिनर लयमा देखिनुले सन्दीपले यस सिजन दिल्लीको प्लेइङ(११ स्थान बनाउन सक्ने सम्भावना धेरै कम छ । अर्कोतिर दिल्लीमा नियमित विदेशी चार खेलाडीले स्थान बनाइरहेको र उत्कृष्ट प्रदर्शन गरिरहेकाले पनि सन्दीपले दिल्लीको प्लेइङ (११ मा स्थान बनाउने सम्भावना कम भएको हो ।

सन्दीप यस मिड सिजन ट्रान्सफर विन्डोजमा कोलकाता नाइट राइडर्स जान सक्नेछन् । कोलकातामा राम्रो लेग स्पिनरको कमी भएकाले उनी यसमा अनुबन्ध हुन सक्नेछन् । मुम्बई इन्डियन्स र दिल्लीबीचको खेलमा कमेन्टेटर आशिश नेहेराले सन्दीपले अन्तिम ११ मा पर्नका लागि टिम परिवर्तन गर्नु राम्रो हुने बताएका थिए । 

भारतिय टोलीका पूर्व खेलाडी समेत रहेका नेहेराले खेलको सुरुआतमा सन्दीप प्लेइङ सेटमा नपर्दा उनले मुम्बईबाट खेल्न सहज हुने पनि बताएका थिए । 

“यदि सन्दीप दिल्ली बाहेक अन्य कुनै टिममा हुन्थे भने अवश्य पनि प्लेइङ सेटमा स्थान बनाउने थिए । उनी जस्तो खेलाडी सबै टोलीलाई आवश्यक छ । मुम्बईलाई पनि सन्दीप जस्तो स्पिनरको आवश्यक छ,” कमेन्ट्री गर्ने क्रममा उनले भनेका थिए ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: