पर्यटन बोर्डको वेबसाइटलाई नेपाली ‘बुकिङ साइट’ बनाइने

 नेपालको कुनै एक स्थानको होटेल बुक गर्नु पर्‍यो भने अहिले पर्यटकले विदेशी बुकिङ साइटमा गएर बुकिङ गर्नुपर्ने हुन्छ ।

खासगरी मुलुकभित्र विश्वसनीय बुकिङ साइट नहुँदा पर्यटकले भारतीय वा अन्य तेस्रो मुलुकका साइट इन्जिन प्रयोग गर्नु पर्ने बाध्यता छ । जसले गर्दा होटेल तथा अन्य सेवा प्रदायक कम्पनीले विदेशी बुकिङ इन्जिनहरुलाई खर्च गरिरहेका हुन्छन् । यो रकम विदेश जाने गरेको छ ।


नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीका अनुसार चालु आर्थिक वर्षभित्रै नेपाली पर्यटनका सेवा प्रदायक कम्पनीहरुको बुकिङका लागि नेपाल पर्यटन बोर्डकै वेबसाइटलाई सम्भव हुने गरी बुकिङ साइटका रुपमा विकास गरिने भएको छ ।


बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई समेटेको छ । बोर्डकै वेबसाइटलाई बुकिङ इन्जिनका रुपमा विकास गर्दा विश्वसनीय हुने र रकम विदेशिनसमेत रोकिने उनको भनाइ छ । अहिले धेरैजसो बुकिङहरु बुकिङ डटकमबाट हुने गरेको छ ।


बोर्डले यो वर्ष भौतिक रुपमा हुने कामभन्दा प्रणालीहरुलाई बलियो बनाउने योजना बनाएको छ । सो क्रममा डिजिटल मार्केटिङलाई प्राथमिकता दिइने भएको छ । पर्यटकीय तथ्यांकको अभाव पूरा गर्न तथ्यांक प्रणालीलाई बलियो बनाउने योजना छ ।


यो वर्ष नयाँ पर्यटकीय गन्तब्यको अध्ययन र अनुसन्धानमा समेत बोर्डले जोड दिने भएको छ । प्रवर्द्धनका गतिविधि नहुने अवस्थामा विदेशभित्र सम्भव हुने गतिविधि राखेर बोर्डले बजेट बनाएको उनले बताए ।


आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड


यो वर्ष बोर्डले पर्यटन पुनरुद्धारका क्रममा आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने बताएको छ ।


वर्षभर २ लाख ६ हजार मात्र पर्यटक आउने अनुमान सहित बोर्डको बजेट बनेको छ । सोहीकारण अन्तर्राष्ट्रिय पर्यटकबाट तत्काल पुनरुत्थान हुन नसक्ने सीईओ रेग्मीको भनाइ छ ।


यो वर्ष पूर्वाधारका गतिविधिमा बजेट कटौती भएको छ । मेलापर्वको बजेटसमेत काटिएको छ । बोर्डले आईएफसी तथा यूएनडीपीसँग मिलेर पर्यटनमा रोजगारी प्रवर्द्धनको योजनासमेत राखेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: