लिदी पहिरोमा मृतकको संख्या २९ पुग्यो, १० जना अझै बेपत्ता


चौतरा, भदौ ४ । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर(२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको संख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरोमा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: