बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा, उपाधि भिडन्त पिएसजीसँग हुने


काठमाडौं ।

 फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै जर्मनीको बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

पोर्चुगलमा गएराति भएको दोस्रो सेमिफाईनल खेलमा बायर्नले लियोंलाई ३–० ले हरायो । बायर्नको जितमा सर्जी नाब्रीले दुई गोल तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

जितसँगै बायर्न म्युनिख ११ औं पटक युरोपको सर्वोच्च क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाईनलमा पुगेको हो । बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

उ भन्दा बढी लिभरपुलले ६ पटक, एसि मिलानले ७ पटक तथा रियाल मड्रिडले १३ पटक यो उपाधि हात पारेका छन् । जारी सिजनको उपाधिका लागि बायर्नले अब फ्रान्सको पेरिस सेन्ट जर्मेन ९पिएसजी।० को सामना गर्नेछ ।

पहिलो सेमिफाईनल खेलमा जर्मनीको आर।बी लेप्जीगलाई पाखा लगाउँदै पिएसजी पहिलो पटक फाईनलमा पुगेको हो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: