काठमाडौं, भदौं १ ।
प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।
कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जानु भएको हो । छलफलमा नेकपा अध्यक्ष दाहाल पनि सहभागी हुनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको आमन्त्रणमा बालुवाटार पुग्नुभएका सभापति देउवाले नेता रमेश लेखकलाई पनि लिएर जानुभएको छ ।
नेताहरुबीच संवैधानिक आयोगहरु, विश्वविद्यालयलगायतमा रोकिएका नियुक्तिका बारेमा छलफल केन्द्रित रहेको जनाइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेमा पनि नेताहरुबीच छलफल केन्द्रितरहेको जनाइएको छ ।
0 coment rios: