देवीले सिकाउनुभएको एक त्यस्तो नाच : जुन चार दिन, तीन रातसम्म निरन्तर चल्छ



काठमाण्डाै – स्वयम् देवताले नै सिकाएको नाच रूपमा बोडेबासीले स्वीकार गर्दै आएको  नीलबाराही गण नाचले यस वर्ष कोरोना भाइरसको जोखिमको बीचमा पनि निरन्तरता पाउन लागेको छ ।



भक्तपुरको घना जंगल तिगनी नजिकको नेवार बस्ती बोडेमा नीलबाराही नाच गाईजात्राको भोलिपल्ट सञ्चालन हुने गर्छ । नाचको सुरूवात कसरी भयो भन्ने बारेमा वंशावलीमा उल्लेखित र जनमानसमा चर्चित पैराणिक कथा गरी दुई किसिमका धार देखिन्छन् ।


नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गर्नु भएको भन्ने वंशावलीमा उल्लेख गरिएको छ।


त्यस्तै स्थानीयमा चर्चित पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष  धारण गरेर अपहरण गरेको, नीलबाराही जंगलमा लगेर तांत्रिक नृत्य सिकाउनु भएको भनेर भनिन्छ । देवी स्वयमले सिकाउनु भएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयबासिन्दाले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: