पोखरामा कोरोनाबाट थप १ जनाको मृत्यु, गण्डकीमा मृतकको संख्या १२ पुग्यो

पोखरा, भदौ १३ । कोरोनाभाइरस संक्रमणबाट पोखरामा शनिबार थप एक जनाको ज्यान गएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् पोखरा १४ का ५८ वर्षीय पुरूषको ज्यान गएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।

मृतक पुरूषको पेटमा आन्द्रा बटारिएका कारण उनको भदौ ७ गते भर्ना भएकै दिन आकस्मिक रूपमा पेटको अपरेसन गरिएको थियो।

अरू रोगको नभए पनि पेटमा आन्द्राको समस्या भएपछि उनी अस्पताल पुगेका थिए। अपरेसनपश्चात उनको स्वाब परीक्षण गर्दा भदौ १० गते कोरोना संक्रमण देखिएको थियो।

कोरोना संक्रमण देखिएपछि उनलाई सोही दिन कोभिड–१९ उपचार केन्द्रको आइसियूमा राखेर उपचार गरिएको डा। आचार्यले बताए।

योसहित पश्चिमाञ्चल अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। यस्तै, गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७७ जना पुगेका छन्। जसमा शनिबार मात्रै २१ जना संक्रमित थपिएका छन्। उनीहरू सबै नवलपुरका रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।

कोरोना संक्रमणका कारण अहिले गण्डकीमा ३ सय ९५ जना आइसोलेसनमा छन्। संक्रमण भएका बाँकी १ हजार ६ सय ७२ जना निको भएर घर फर्किएको डा. शर्माले बताए। गण्डकीमा अझै क्वारेन्टिनमा ८ सय ३० जना छन्।

गण्डकी प्रदेशमा लकडाउन भएपछि विदेशबाट १९ हजार ५ सय २९ जना आएका छन्। जसमा भारतबाट १३ हजार २ सय ५९ जना र अन्य देशबाट ६ हजार २ सय ७० जना फर्किएका छन्।

गण्डकीमा हालसमम ४४ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिसकेको डा. शर्माले जानकारी दिए।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: