सुनको भाउ एकैदिन तोलामा ६ हजार रुपैयाँ घट्यो


 लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ आज तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो । यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।

रुसले कोरोनाविरुद्धको खोप तयार गरेको घोषणा गरेकाले अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासंघ अन्तरर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: