पेरिसमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने नियम लागु

पेरिस । फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम लागु गरिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएपछि राजधानी पेरिस र त्यससँग जोडिएका अधिकांश क्षेत्रहरुमा सार्वजनिक स्थलहरुमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम लागु गरिएको हो । 

एकैदिन ६ हजार १११ जना नयाँ कोरोना संक्रमित फेला परेपछि यस्तो नियम लागु गरिएको हो । यो संख्या मेदेखिकै सबैभन्दा उच्च हो ।  कोरोना संक्रमणको उच्च जोखिम रहेका रेड जोनु को संख्या २ बाट बढाएर २१ पुर्‍याइएको छ । 

साइकलमा र पैदल हिँड्नेहरुले अनिवार्य मास्क लगाउनुपर्ने जनाइएको छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।

पेरिस प्रहरीले एक सूचना जारी गर्दै भनेको छ, स्वास्थ्य स्थिति लगातार बिग्रिरहेको छ त्यसैले हामीले कडा कदम चाल्नपर्ने बाध्यता आइलागेको हो ।

फ्रान्सका प्रधानमन्त्री जिन कासटेक्सले आफू अर्को लकडाउनको पक्षमा नभएको बताएका छन् । फ्रान्समा हालसम्म कोरोना संक्रमणबाट ३० हजार ५०० को मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन् । 

पछिल्लो समय युरोपियन मुलुकहरुमा कोरोना संक्रितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । ( बीबीसी) 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: