कोभिडका कारण बिमा कम्पनीको व्यापार घट्यो, नाफा प्रभावित हुने

काठमाडौं, कोभिड–१९ का कारण बिमा कम्पनीहरुको व्यवसाय ४।१५ प्रतिशतले घटेको छ। यस अवधिमा कम्पनीले व्यवसाय विस्तार गर्न सकेनका छैनन् भने बिमितले पोलिसी नवीकरण पनि गर्न सकेका छैनन्। निर्जीवन बिमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ९ अर्ब ३९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेकामा गत आव २०७६÷७७ मा ८ अर्ब ९९ करोड रुपैयाँमात्रै आर्जन गरेका छन्।

कोभिडका कारण जीवन तथा निर्जीवन बिमा दुवै प्रभावित भएका छन्। 

कोभिडका कारण समग्र क्षेत्र बन्द हुँदा बिमा कम्पनीहरु पनि खुल्न सकेनन्। केही कम्पनीका कर्मचारीमा संक्रमण देखिँदा कार्यालय नै बन्द हुने अवस्था आयो। लकडाउन अवधिमा बिमा समितिले कम्पनीहरुलाई विद्युतीय प्रणालीबाट दाबी प्रक्रिया अपनाउन निर्देशन दिएको थियो। 

पहिलो चरणको लकडाउनमा सवारी साधन तथा हवाइ यातायात चल्न सक्ने अवस्था थिएन। कतिपय कलकारखाना पूर्ण रुपमा बन्द भएका थिए। जोखिम कम भएको भन्दै समितिले मोटर बिमामा एक तिहाइ छुट दिन निर्देशन दिएको थियो। 

कोभिडका कारण बिमितको सम्पत्ति बिमा नवीकरणमा सबैभन्दा धेरै समस्या देखिएको छ। अर्कोतर्फ व्यापार व्यवसाय नै ठप्प भएकाले प्रिमियम भुक्तानीमा पनि समस्या छ। लकडाउन अवधिमा नवीकरण गर्नु पर्ने पोलिसीलाई बिमा समितिले विलम्ब शुल्क नलाग्ने तथा लकडाउन अवधिमा बिमा पोलिसी जारी रहने व्यवस्था गरेको छ। 

उद्योगी व्यवसायीले बन्द अवस्थामा रहेका उद्योग कलकारखानाको बिमा शुल्क मिनाहा गर्न माग गरिरहेका छन्। बिमा जोखिमको व्यवसाय हो। लकडाउनका कारण धेरे जोखिम कम भएर गएका छन्। यसको प्रत्यक्ष प्रभाव बिमा व्यवसायमा पर्ने निश्चित छ।

बिमा कम्पनीको प्रिमियम घट्नुमा बन्द अवस्थामा रहेका मोटर, कलकारखानाको प्रिमियममा एक तिहाइ छुट दिन बिमा समितिले निर्देशन दिएको थियो। अर्कोतर्फ कम्पनीहरुले नयाँ पोलिसी बिक्री गर्न सक्ने  अवस्था भएन।

बिमा कम्पनीको कोरु व्यवसाय बिमा शुल्क आर्जन नै हो। बढ्दो क्रममा रहेको निर्जीवन बिमा व्यवसायमा कोभिडले ब्रेक लगाइदिएको छ। कोभिडको असर अझै बढ्दै जाने हो भने सबैभन्दा धेरै प्रभावित निर्जीवन बिमा कम्पनीहरु नै हुने छन्।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: