सामसङ ग्यालेक्सी नोट २० र नोट २०अल्ट्राकाे प्रि-बूकिङ्ग खुला, यस्ताे छ मूल्य र फिचर





२८ साउन, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि–बूकिङ खुल्ला गरेको छ । हालै विश्वबजारमा सार्वजनिक गरिएको कम्पनीको फ्ल्यागशिप सिरिजका स्मार्टफोनको बूकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ ।


ग्यालेक्सी नोट ट्वान्टी सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । काम गर्न र गेम खेल्नको लागि यसले थप सहजता प्रदान गर्ने बताइएको छ ।


यो फोन पावर र प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता रहेकाे कम्पनीले जनाएकाे छ ।


‘नेपालमा हाम्रा नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ, किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन,’ सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने ।


पृथक कार्य गर्ने शैली

सामसङको पछिल्लो नोट सिरिजमा कार्य गर्ने शैली पृथक छ । यसको ‘एस पेन’ को सहयोग एवं सामसङ नोटहरुमा भएका विशेषताहरुले कुनै पनि समयमा जहाँबाट पनि कार्य गर्ने स्वतन्त्रता प्रदान गर्न मिल्छ ।


एडभान्स ‘एस पेन’ मा भएको पाँच नयाँ ‘एनिह्वेयर एक्सन’ले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: