९२७ कोरोना संक्रमित थपिए, १६९ डिस्जार्ज


काठमाडौं । नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा। जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए । 

हालसम्म सबैभन्दा बढी एक दिनमा बिहीबार एक हजार १११ कोरोना संक्रमित देखिएका थिए । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६  हजार १९  रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २२९  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख  ५८  हजार ११०  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ५७३ जना र होम आइसोलेसनमा ६ हजार ४४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९३९  जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १७ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा तीनजना भेन्टिलेटरमा रहेका छन् । 

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। 

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । 

शनिबार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

आइतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २८१ जना संक्रमणमुक्त भएका थिए । आइतबार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको पुष्टि गरिएको थियो । 

सोमबार गरिएको १० हजार २३४ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने १७५ जना डिस्चार्ज भएका छन् । सोमबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो । 

मंगलबार देशभरका ३९ प्रयोगशालामा भएको ११ हजार ३२७ पीसीआर परीक्षणका क्रममा ८५५ जनाको पीसीआर पोजेटिभ आएको थियो । मंगलबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको पुष्टि भएको थियो । त्यसैगरी ३१३ जना डिस्चार्ज भएका थिए । 

बुधबार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बुधबार देशभरका अस्पतालहरुबाट ३८५ जना डिस्चार्ज भएका थिए । बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । 

बिहीबार १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १११ कोरोना संक्रमित देखिएका छन् । यसअवधिमा ५६९ जनालाई डिस्चार्ज गरिएको छ । बिहीबार कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको  छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: