असोज १ गतेदेखि लामो दुरीमा बस सञ्चालन हुने, ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने

काठमाडौं । सरकारले असोज १ गतेबाट लामो दुरीमा सवारीसाधन सञ्चालन गर्न सकिने निर्णय गरेको छ । सरकारका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । 

लामो दुरीमा सवारी साधन सञ्चालन हुँदा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।

सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइनेछ । त्यसैगरी असोज १ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुनेछ । आन्तरिक उडानमा पनि ५० प्रतिशतमात्रै यात्रु राख्न पाइनेछ । एकातिरको पंक्तिको सिटमा एकजना मात्रै, मास्क र भाइजर अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: