कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण यही वर्षभित्र सम्पन्‍न हुने चिनियाँ कम्पनीको अपेक्षा

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहको चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले यस वर्षको अन्तिम चरणको मानव परीक्षणको विश्लेषण यही वर्षभित्र सम्पन्‍न गर्ने अपेक्षा गरिएको छ । 

यो खोप प्रभावकारी छ भए नभएको विश्लेषण गरी नियमनकारी निकायबाट यही वर्षभित्र स्वीकृत लिइसक्ने सिनोभ्याकले जनाएको छ । सिनोभ्याकसँगै पश्‍चिमी मुलुकमा विकास भइरेका कोरोनाविरुद्धका खोपहरु पनि मानवीय परीक्षणमा तेस्रो चरणमा रहेका छन् । 

अमेरिकी औषधि निर्माता कम्पनी फिचरले अक्टोबरसम्म मोर्डेना खोपको तेस्रो चरण पूरा भएमा नोभेम्बरदेखि खोपको विश्लेषण गरिने बताएको छ । 

चिनियाँ खोप कोरोनाभ्याकु संयुक्तराज्य अमेरिकासमेत विश्वका विभिन्‍न मुलुकमा वितरण गरिने जनाएको छ ।

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेदोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडिएसमक्ष आवेदन दिइनेसमेत बताएका छन् । 

यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए । “सुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्‍यौं । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” यीनले भने ।

“हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुकलगायत विश्वलाई खोप प्रदान गर्नु हो,” उनले थपे ।  सीजीटीएन


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: