फातीको कीर्तिमानी गोलमा बार्सिलोना खुसी

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले क्लबका युवा खेलाडी अन्सु फातीले स्पेनिस टोलीका लागि बनाएको कीर्तिमानप्रति खुसी व्यक्त गरेको छ । बार्सिलोनाले आफ्नो अफिसियल वेबसाइटमार्फत फातीलाई बधाइ दिएको छ । 

फातीले स्पेनले युईएफए नेसनस लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा सहज जित हात पार्दा उनले कीर्तिमानी गोल गरेका थिए । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४(० गोल अन्तरले पराजित गरेको थियो । उक्त खेलमा फातीले एक गोल गरेका थिए । 

खेलको ३२ औँ मिनेटमा अन्सु फातीले स्पेनका लागि कीर्तिमानी गोल गर्न सफल भएका थिए । उनले गरेको गोल स्पेनका लागि हालसम्मकै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनेको हो । 

अन्सु फाती हाल १७ वर्ष ३११ दिनका भए । फातीले गरेको गोल स्पेनका लागि डेब्यू गोल हो । बार्सिलोनाले आफ्नो अफिसियल साइटमा लेखेको छ, “फाती हाल स्पेनका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । उनलाई बधाइ छ ।”


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: