काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेका छन् ।
अध्यक्षद्वयले आज (बुधबार) बैठक बसेर २६ गते बस्ने बैठकको कार्यसूची, प्रस्ताव तयार पारेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
“अध्यक्षद्वयले प्रस्ताव तयार पार्नुभएको छ । सचिवालय सदस्यहरूको सुझावसमेतलाई ध्यानमा राखेर कार्यदलको प्रतिवेदनलाई प्रस्तावको रुप दिइएको हो,” उनले भने । अध्यक्षद्वयले प्रस्ताव तयार पारेपछि सबै स्थायी कमिटी सदस्यलाई कार्यसूची पठाइएको छ ।
यसैबीच नेकपाले सचिवालय बैठक नबोलाउने भएको छ । अब अध्यक्षले तयार पारेको प्रस्ताव स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको स्रोतले जानकारी दियो ।
0 coment rios: