कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय कार्र्यसमिति बैठक स्थगित भएको छ । कांग्रेसले पूर्वकोषाध्यक्ष रामवावु प्रसाई ९खनुपरूदे प्रकाहा० को निधनको शोकमा आइतबारका लागि तय गरिएको केन्द्रीय कार्यासमिति बैठक स्थगित गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पूर्वकोषाध्यक्ष प्रसाईको निधनको शोकमा केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको जानकारी दिए । उनले स्थगित बैठक कहिले बस्ने भन्ने बारेमा भने मिति तय नभएको बताए ।

“अर्को बैठक कहिले बस्ने भन्ने बारेमा मिति तय भएको छैन । नेताहरुसँग छलफल भएको छैन । एक–दुई दिनमै बैठकबारे निर्णय हुन्छ,” उनले बाह्रखरीसँग भने ।

पूर्वकोषध्यक्ष प्रसाईको शुक्रबार काठमाडौंको ओक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालका कोषाध्यक्ष प्रसाईको १९७८ माघ १५ मा जन्म भएको थियो ।

प्रसाईको निधनको शोकमा कांग्रेसले आइतबार केन्द्र र मातहतका सबै कार्यालयहरु बन्द गर्ने भएको छ । यस्तै असोज २४, २५ र २६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने मुख्यसचिव पौडेलले जानकारी दिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: