सुदूरपश्चिम सरकारले विपद्मा मृत्यु भएमा परिवारलाई एक लाख दिने


कैलाली, भदौ ४ । 

सुदूरपश्चिम प्रदेशमा विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

पछिल्लो दुई महिनामा सुदूरपश्चिममा विपद्मा परी ६४ जनाको मृत्यु भइसकेको छ ।

घरबारबिहीन भएका, पूर्ण क्षति र आंशिक क्षति भएकाहरूलाई राहत दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: