सुनचाँदीको कारोबारमा गिरावट


काठमाडौं ।

लगातारको मूल्य वृद्धिका कारण संखुवासभामा सुनको कारोबारमा कमि आएको छ । कोभिड १९ का कारण सुनको कारोबारमा गिरावट आएको छ ।

अधिकत्तम मूल्य तोलाको १ लाख ३ हजार ५ सय पुगेर सोमबार ९८ हजार २ सयमा झरेपनि कारोबारमा कुनै प्रभाव नपरेको व्यवसायीको भनाई छ । सुनको र चाँदीको मूल्यमा अत्याधिक वृद्धि भएपनि कारोबारमा कमि आउँदा व्यवसायी मारमा परेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्णभगत प्रधान बताउँछन् ।

कोरोना भाइरसका कारण विवाह, विभिन्न समारोह लगायतका सामाजिक गतिविधि नहुँदा सुन चाँदीको खरिद बिक्रीमा कमि आएको संघका अध्यक्ष प्रधानको भनाई छ । उनले भने, “कोरोना भाइरसको महामारी अघि जिल्लामा सरदर १ सय ५० तोला सुनचाँदी बिक्री हुने गरेको थियो । तर अहिले भने कारोबारमा उल्लेख्य गिरावट आएको छ । मूल्यमा फेरबदल भइपनि कारोबारमा भने वृद्धि भएकै छैन । व्यवसाय नहुँदा पसलको भाडासमेत तिर्न समस्या परेको व्यवसायीहरुको गुनासो छ ।

सदरमुकाममा अन्य व्यापार व्यवसायको अवस्थामा सुधार आएपनि सुनचाँदीको कारोबारमा वद्धि नभएपछि व्यवसायी थप समस्याग्रस्त अवस्थामा रहेको सुनचाँदी व्यवसायी संघ संखुवासभाका सचिव जनक पौडेली बताउँछन् । अहिले व्यावसायीहरु भाडा तिर्न समेत नसक्ने अवस्थामा पुगको छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: