ब्राजिलियन डिफेन्डर सिल्भा चेल्सीमा

एजेन्सी । ब्राजिलियन डिफेन्डर थियागो सिल्भा प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका छन् । पेरिस सेन्ट जर्मन (पीएसजीर) का कप्तान समेत रहेका सिल्भालाई चेल्सीले फ्रि–ट्रान्सफरमा अनुबन्ध गरेको हो । 

उनी चेल्सीमा एक वर्षका लागि अनुबन्ध भएको जनाइएको छ । यस सम्झौता सँगै उनी अब २०२०(२१ को सिजन प्रिमियर लिगमा देखिने छन् । च्याम्पियन्स लिग फाइनल खेलेसँगै उनको पीएसजीसँगको सम्झौता सकिएको थियो । 

सिल्भाले पीएसजीमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग खेलको खेल नै अन्तिम खेल हो । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले रक्षापंतीमा सुधार ल्याउन सिल्भालाई क्लब भित्र्याएको जनाएका छन् । एक वर्षका लागि अनुबन्ध भएका सिल्भा नयाँ सिजनमा गरेको प्रदर्शनका आधारमा चेल्सीले सम्झौता थप गर्न सक्नेछ । 

चेल्सीसँगको सम्झौतापछि सिल्भाले आफू खुसी रहेको र लाम्पार्डसँग काम गर्न निकै उत्साहित भएको बताएका छन् । ३५ वर्षीय सिल्भा सन् २०१२ मा इटालियन क्लब एसी मिलानबाट पीएसजी पुगेका थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: