कोरोना नियन्त्रणमा सरकारको भूमिका कमजोर


काठमाण्डौ - नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनासाथ लकडाउन सुरु भयो । मुखैमा आएको एसईई समेत रोकियो । एकाएक जनजीवन ठप्प भयो । सीमामा हजारौँ मानिस अलपत्र परे । हजारौं मानिस सयौं किलोमिटर हिँडेर सुरक्षित ठाउँमा पुगे । एक्कासी यति धेरै आतंक फैलाइयो कि मानौं कोरोनाले सखापै पार्न लागेको छ । 



मानिसहरु अत्यावश्यक काम विना घरबाट बाहिर निस्केनन् । मानिससँग मानिस ठोक्किरहने सडक समेत सुनसान भए । सरकारले गरेको आग्रह नागरिकले खुरुखुरु पालना गरे । कोरोना भाइरस नियन्त्रणका लागि त्यही मौका सुन्दर थियो । सरकारले सामान्य कसरत गरेको भए भाइरस नियन्त्रणका लागि त्यत्तिको उपयुक्त समय न त अहिले छ, न त अब कहिल्यै आउँछ ।


अब त निकै कसरत नगरी कोरोना भाइरस नियन्त्रणमा नआउने पक्का भैसकेको छ । त्यो पनि ठूलो जनधनको क्षति बेहोरेर । सहज रुपमै भाइरसलाई काबुमा राख्न सक्ने अबस्था हुँदाहुँदै पनि सरकार चुक्यो, जसको पीडा अहिले आम नागरिकसँगै सिंगो देशले भोग्नुपरेको छ । 


आधारभूत तहमै प्रभावकारी काम 


विश्वका जति देशले भाइरसलाई काबुमा राखेका छन्, उनीहरुले सङ्क्रमणको आधारभूत चरणमै सुझबुझपूर्ण ढंगले काम गरेका छन् । चाँडो पहिचान र एक जनाबाट अर्कोमा सर्न रोकेर नै भाइरस नियन्त्रणमा लिइएको छ । कोरोना भाइरसलाई काबुमा राखिरहेको न्यूजिल्याण्डलाई हेरौं । 


त्यहाँ महामारीको सुरुआतको चरणमा नै आवश्यक सुरक्षात्मक कदम चालिएको छ । लकडाउन र सीमा बन्दसँगै सङ्क्रमित पहिचान र अलग्याउने कामलाई प्रभावकारी रुपमा गरेकै कारण न्यूजिल्याण्डमा बितेको एक सय दिनदेखि नयाँ सङ्क्रमित भेटिएका छैनन् । 


चीनसँगको लामो सिमाना भएको मंगोलिया र चीनसँग सीमा जोडिएको दक्षिण कोरियाले पनि समयमै सही काम गरेर अहिलेसम्म सम्भावित महामारी रोकेका छन् । दक्षिण कोरियामा परीक्षण र सङ्क्रमितलाई अलग्याउने कामलाई आक्रामक बनाएरै संघारमै आएको उच्च जोखिमलाई रोक्न सक्यो । 


मंगोलियामा एकदमै छिटो विद्यालयहरू बन्द गरिए, अन्तराष्ट्रिय यात्रामा प्रतिबन्ध लगाइयो र मास्क लगाउने तथा हात धुने व्यवहारलाई सुरुको चरणमा नै अपनाइयो । सीमित स्रोत साधनको प्रयोग गरेर मंगोलियाले अत्यन्तै धेरै सफलता पाएको बीबीसीले जनाएको छ । 


नेतृत्वको आडम्बरले सङ्क्रमणको चपेटा


कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न सम्बन्धित देशका नेतृत्वले निकै धेरै भूमिका खेलेका छन् । कम्युनिष्ट शासन रहेको चीनमा लकडाउनको पालना, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना, स्वास्थ्य सामाग्रीको गुणस्तर, महामारीका बेला हुन सक्ने अनियमितता रोक्ने जस्ता काम निकै प्रभावकारी भए । उच्च तहको नेतृत्व नै फिल्डमा गएर प्रभावकारी काम गराए । 


चीनले जसरी ठूलो संकटलाई व्यवस्थापन ग¥यो । न्यूजिल्याण्ड, दक्षिण कोरिया लगायतका देशमा पनि कोरोनाको फैलावट नियन्त्रणमा आउनुको मुख्य कारण नेतृत्वको कुशलता नै हो । 


तर जहाँ जहाँ नेतृत्वले यसलाई बेवास्ता गरे, त्यहाँ संकट गहिरियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै उडाइरहे । कहिले मास्कको विरोध गर्ने त कहिले अमेरिका बन्द हुने देश हैन भन्ने, अनि कहिले विश्व स्वास्थ्य संगठनका विरुद्धमा लागिरहने गरेका कारण त्यहाँ भाइरस नियन्त्रणको प्रभावकारी काम भएन । यसैको कारण अहिले अमेरिका विश्वको सबैभन्दा धेरै प्रभावित देशको सूचीमा छ । 

ब्राजिलको हालत पनि त्यही हो ।

ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारुले कोरोना भाइरसलाई सामान्य रुघाखोकीको संज्ञा दिए । त्यहाँ लकडाउनका विरुद्धमा हजारौँको सहभागितामा र्याली भयो । अहिले ब्राजिल विश्वका प्रभावित देशको सूचीमा दोश्रो नम्बरमा छ । भारतमा पनि उच्च नेतृत्वले कोरोना भाइरसलाई संवेदनशील रुपमा नलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् । 

नेपालमा पनि नेतृत्व नै मुख्य कारक

नेपालमा पनि कोरोना भाइरस अहिलेको अवस्थामा पुग्नुमा सुरुवाती चरणमा गरिएको कमजोरी र नेतृत्वले गरेको बेवास्ता मुख्य देखिन्छ । सरकारले लकडाउन गर्यो र नागरिकले पहिलो चरणमा धेरै हदसम्म पालना पनि गरे । तर त्योबेला न त परीक्षण प्रभावकारी भयो न त मानिसलाई अलग्याउने काम नै । 


बरु सरकार स्वास्थ्य सामग्री खरिददेखि विभिन्न काममा अनियमिततामा मुछिएको चर्चा भैरह्यो । ठेक्का लगाउने र तोड्ने, कमसल सामाग्री ल्याउने, विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको आरडीटी विधिको परीक्षणमा अल्झिने जस्ता काम सरकारबाट भैरह्यो । सरकार र उसका आसपासमा मानिसहरु आफ्नो कमजोरी सुधार्नुको सट्टा बचाउमा लागिरहे । 


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: