सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु


कैलाली, भदौ १० । कैलालीमा बुधबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् संक्रमितको मृत्यु भएको हो ।

मंगलबार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझसम्म उनको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलबारमात्रै साउन ३२ गते मृत्यु भएका कैलालीकै एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: