पूर्वी नाकाबाट अदुवा निकासी घट्दो


झापा, भदौ ६ । पूर्बी नाका काँकरभिट्टा भएर हुने अदुवा निकासीमा गिरावट आएको छ ।

झापा सहित पूर्वी नेपालका विभिन्न जिल्लामा उत्पादित अदुवा भारत तथा वंगलादेश निकासी हुँदै आएपनि यो बर्ष अदुवाको निकासीमा गिरावट आएको हो ।

काँकरभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयले आर्थिक वर्ष २०७६र०७७ मा १३ करोड ३० लाख रुपैयाँ वरावरको अदुवा निकासी भएको जानकारी दिएको छ ।

इलाम, पाँचथर ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्थुम र धनकुटाका कृषकले उत्पादन गरेको ५ हजार २ सय १४ मेट्रिक टन अदुवा भारत तथा वंगलादेश निकासी भएको छ ।

पूर्वी नाका काँकरभिट्टा हुँदै आर्थिक वर्ष २०७५र०७६ मा नेपालले २२ करोड २८ लाख बराबरको अदुवा निकासी गरेको थियो । आर्थिक वर्ष २०७४र०७५ मा भने ५६ करोड ८६ लाख बराबरको अदुवा भारत र बंगलादेश निकासी भएको थियो ।

नेपालबाट भारत तथा बंगलादेश निर्यात हुँदै आएको अदुवा निकासी बर्षैपिच्छे घट्दो रुपमा रहेको छ ।

नेपालमा उत्पादन हुने अदुवा मध्ये ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: