कर्णाली नदीको तटबन्ध फुट्न थाल्यो, बाढी जुनसुकै बेला बस्तीमा पस्न सक्ने


बर्दिया, भदौ ६ । बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे तटबन्ध फुट्न थालेको छ ।

राजापुर नगरपालीका–१ टिउनीमा नदी छेक्न बनाइएको बाँध धमाधम भत्कीन थालेको हो । तटबन्ध धमाधम भत्किन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।

केही दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले टिउनीघाट तटबन्धको २ सय मिटर लम्वाइमा ५० प्रतिशत भाग भत्किएको छ ।

क्षतिग्रस्त क्षेत्रको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले अनुगमन समेत गरेका थिए।

कर्णाली नदीको पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने र जोखिम उच्च रहेको भन्दै उहाँले राजापुर नगरपालीकाका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरे ।

राजापुर नगरपालिका ३ तिघ्रामा एकसाता अघि बाँध भत्कीदा पानीले स्थानीयको जग्गा धमाधम काट्न थालेपछी नदी छेक्न उनीहरुले जनश्रमदान गर्न थालेका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: