आर्थिक वृद्धिदरबाहेक अन्य आर्थिक परिसूचक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी


काठमाडौं, भदौ ६ । अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदरबाहेकका अन्य आर्थिक परिसूचक सकारात्मक रहेको दाबी गरे ।

शुक्रबार अर्थमन्त्री डा। खतिवडा र विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच भएको भिडियो कन्फरेन्स छलफलमा अर्थमन्त्री डा। युवराज खतिवडाले प्रतिकूलताका बाबजुत् मुद्रास्फीति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गाहस्थ्र्य उत्पादनको २ प्रतिशतमा सीमित भएको, शोधनान्तर स्थिति राम्रो रहेको र सरकारको सञ्चित घाटाको अवस्था पनि राम्रो रहेकाले नेपालको आर्थिक परिसूचक सकरात्मक रहेको दाबी गरे।

नेपालले आगामी दिनमा साना तथा मझौला उद्योगलाई जोड दिएको भन्दै उहाँले रोजगारी सिर्जना, सामाजिक सुरक्षा र स्वास्थ्य जोखिम नियन्त्रणका लागि सरकारले जोड दिएको बताए ।

छलफलमा अर्थमन्त्री डा। खतिवडाले विश्व बैंकबाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको अपेक्षा गरे । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: