सडकबत्ती राख्दै ट्राफिक प्रहरी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ–संस्थाको समन्वयमा सडकबत्ती राख्न थालेको छ ।

कोटेश्वर–कलंकी सडकखन्डमा सवारी दुर्घटनाको संख्या बढेसँगै ट्राफिक महाशाखाले त्यसको कारण खोजी गरेको थियो ।

रातको समयमा सडकबत्तीको अभावले जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्नेक्रममा दुर्घटनाको जोखिम उच्च रहने पाइएकोले त्यस्ता स्थानहरुमा सडकबत्ती जडान गर्न थालिएको हो ।

उक्त सडकखन्डको बीएन्डबीअगाडि, स्टार अस्पतालअगाडि, सानेपा, बल्खु सुमोपार्क, खसीबजार, सीता पेट्रोपम्प, भालेश्वर अटो वर्कसप, कलंकीलगायतका स्थानहरुमा सडकबत्ती जडान गरिएको छ ।

यस्तै, बढी दुर्घटनाको जोखिम रहेका स्थानहरुमा रातको समयमा समेत टल्कने स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उक्त सडकखन्डको विभिन्न १४ स्थानमा गति नियन्त्रण गर्न टल्कने कोणहरु राखिएको छ ।

स्थानीय संघ–संस्था तथा समाजसेवीहरुसँग समन्वय गरी सडकबत्ती जडान र टल्कने ट्राफिक कोण राख्न सुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: